अंग्रेजी नयाँ वर्षमा पब डान्सिङ बोटमा ३ दिनसम्म ‘म्युजिकल मेला’

आर्थिक आवाज
पोखरा । अँग्रेजी नयाँ वर्ष २०२० को अवसरमा पब डान्सिङ बोटले ‘म्युजिकल मेला’ गर्ने भएको छ । हल्लनचोकमा रहेको पब डान्सिङ बोटले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी म्युजिकल मेला गर्न लागेको सञ्चालक भिष्मराज पौडेलले जानकारी दिए ।

डिसेम्बर ३०, ३१ र जनवरी १ मा कार्यक्रम हुनेछ । हरेक दिन साँझ ७ः३० बाट कार्यक्रम हुने पौडेलल बताए । ३० तारिकमा एन्की एल्मोको प्रस्तुति रहनेछ । उनी भ्वाइस अफ नेपाल सिजन टुको कन्टेस्टेन्ट हुन् । उनले आफूलाई म्युजिकल क्षेत्रमा स्थापित गरिसकेकी छन् ।

दोस्रो दिन ३१ तारिकमा कलाकार श्रीजय थपलियाको प्रस्तुति रहनेछ । उनी भ्वाइस अफ नेपालको सिजन १ का सेकेण्ड रनरअप हुन् । जनवर १ मा द इन्ट्रो ब्याण्ड काठमाडौंको प्रस्तुति रहनेछ । हरेक दिन हाउस व्याण्डको पनि प्रस्तुति रहने पौडेलले जानकारी दिए ।

बिगत १ वर्ष ३ महिना अगाडिबाट सञ्चानलनमा आएको पब डान्सिङ बोटले सम्पूर्ण वर्गका ग्राहकलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको छ । एक पटकमा २ सय ५० जनालाई सेवा प्रदान गर्न सक्ने गरी डुङ्गाको थिममा पब डान्सिङ बोट सञ्चालनमा ल्याइएको हो । पब डान्सिङ बोट ‘पब फर थ्रि जेनेरेसन’ नाराका साथ सञ्चालनमा ल्याइएको पौडेलले बताए ।

‘पब डान्सिङबोटबाट फेवातालको दृश्यावलोकन पनि सजिलै गर्न सकिन्छ,’ उनले भने, ‘पब डान्सिङ बोट धेरैको रोजाईमा पर्न सफल छ ।’ पारिवारिक वातावरणमा सेवा प्रदान गरिने भएकाले एक पटक आएका पाहुनाहरु पुन दोहो¥याएर आउने गरेको पौडेलले बताए ।

You might also like

Comments are closed.