अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

काठमाडौं । केही दिनदेखि होम क्वारेन्टिनमा बसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।

अख्तियारको कार्यालयमा कार्यरत सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा बसेका थिए । उनी कन्ट्रयाक ट्रेसिङमा परेका थिए ।

मंगलबार गरिएको परीक्षणमा उनीसहित केही उच्च अधिकारीहरुमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

You might also like

Comments are closed.