अजय सुमार्गीको विवादित रकम बैंक फर्काउन राष्ट्र बैंक मौन

काठमाडौं, ९ माघ । व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएको तीन बैंकहरुलाई पत्राचार गरेको छ । रकम भने ती बैंकबाट पनि अन्तै सारिसकेको छ आशंका राष्ट्र बैंकका अधिकारीहरुको रहेको छ । यसका बारेमा बुझ्न खोज्दा गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका अन्य अधिकारीहरुले प्रतिक्रिय दिन मानेनन् ।

You might also like

Comments are closed.