अटोमोबाइलकै इतिहासमा निकै ठूलो घोषणा, मारुती सुजुकीका सबै डिजेल कारको उत्पादन बन्द गरिने

काठमाडौं, १३ वैशाख । मारुती सुजुकीले आगामी अप्रिल २०२० देखि सबै डिजेल कार फेज आउट गर्ने घोषणा गरेको छ । भारतीय अटोमोबाइलकै इतिहासमा यो एउटा निकै ठूलो घोषणा मानिएको छ । सन् २०२० अप्रिल १ देखि भारतमा बीएस–६ प्रदूषण मापदण्ड लागू हुने र मारुती सुजुकीका डिजेल इन्जिनले सो मापदण्ड पुरा गर्न नसक्ने भएकाले ती कारको उत्पादन बन्द गरिने कम्पनीले बताएको छ ।

हल मारुती सुजुकीले दुई डिजेल इन्जिन अप्सनका कार बजारमा उपलब्ध गराइरहेको छ । एउटा फियाटको १.३ लिटरको मल्टी जेट डिजेल इन्जिन र अर्को १.५ लिटरको फोर सिलिन्डर डीडीआईएस इन्जिन । हाल मारुती सुजुकीका आधा भन्दा बढी कार डिजेल इन्जिन अप्सनमा उपलब्ध छन् । मारुती सुजुकी स्विफ्ट, डिजायर, बलेनो, अर्टिगा, सियाज, एस–क्रस र सबैभन्दा बढी बिक्री हुने भिटारा ब्रेजामा डिजेल इन्जिन छ । मारुती सुजुकीका बिक्री हुने कार मध्ये ३० प्रतिशत डिजेल इन्जिनबाट संचालित छन् ।

यद्यपि १.५ लिटरको डिजेल इन्जिन भने भविष्यमा फेरि प्रयोगमा आउने सम्भावना पनि छ । सो इन्जिनका लागि कम्पनीले करिब १६ अर्ब रुपैयाँ लगानी गरिरहेको छ र आगामी २०२३ देखि लागू हुने सुपर–स्ट्रिन्जेन्ट रियल ड्राइभिङ एमिसन्स (आरडीई) मापदण्डका लागि आवश्यक कार्य गरिरहेको छ । मारुती सुजुकीका सियाज, एस–क्रस र भिटारा ब्रेजा आदि कारका लागि पनि डिजेल इन्जिन अप्सन आवश्यक पर्ने देखिएको छ । यसका कारण पनि १.५ लिटरको डिजेल इन्जिनको प्रयोग भने फेरि हुन सक्ने छ ।

You might also like

Comments are closed.