अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष पौडेल पोउवासंघको उम्मेदवार बन्ने

आर्थिक आवाज
पोखरा, ७ भदौ । पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन मिति नजिकिएसँगै उम्मेदवारी सार्वजनिक गर्ने क्रम बढेको छ । कतिपयले व्यक्तिगत रुपमा त कतिपयले संस्थागत रुपमा निर्णय गरेरै उम्मेदवारी सार्वजनिक गरिरहेका छन् । यसैक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले वर्तमान अध्यक्ष कालिदास पौडेललाई संघको कार्यसमिति सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संघको बिहीबार सम्पन्न बैठकले पौडेललाई वस्तुगत तर्फ सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । २९ सदस्यीय संघको कार्यसमितिमा वस्तुगत सदस्य ४ जना रहनेछन् । संघको ३२औं महाधिवेशन आगामी असोज ५ र ६ गते हुँदैछ ।

You might also like

Comments are closed.