अटोवेज प्रालिले पोखरा महानगरलाई दियो ५० थान पिपिई

पोखरा । पोखराको व्यावसायिक प्रतिष्ठान अटोवेज प्रालिले पोखरा महानगरपालिकालाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहयोग गरेको छ । कोरोनो भाइरस (कोभिड–१९) को उपचारार्थ प्रयोग गरिने ५० थान पिपिई अटोवेजका प्रवन्ध निर्देशक नारायण पौडेलले महानगरका मेयर मानबहादुर जिसीलाई आइतबार हन्तान्तरण गरेका हुन् ।

कोरोना जोखिम बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरुका लागि पिपिई अति आवश्यक भएकाले महानगरमार्फत सहयोग गरिएको पौडेलले बताए । ‘कोरोना संक्रमण जोखिमबाट उत्पन्न विषम परिस्थितिमा सबैले सक्दो सहयोग गर्न आवश्यक छ,’ पौडेलले भने । पिपिई सहयोग गरेकोमा अटोवेजलाई मेयर जिसीले धन्यवाद ज्ञापन गरेका छन् ।

You might also like

Comments are closed.