अटोवेज र प्रतिभाको झण्डा सगरमाथामाको शिखरमा

पोखरा । पोखराको प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान अटोवेज प्रालि र प्रतिभा उच्च मावि पोखराको लोगो तथा झण्डा सर्वोच्च शिखर सगरमाथामा पुगेको छ । आरोही गोपाल श्रेष्ठले अटोवेज र प्रतिभाको लोगो र झण्डालाई सगरमाथाको शिखरमा पु¥याएका हुन् ।


५६ वर्षीय श्रेष्ठ एचआइभी संक्रमित हुन् । हिम्मतका साथ गरमाथा चढेर कीर्तिमान बनाएका श्रेष्ठले अटोवेज र प्रतिभाको लोगो तथा झण्डा सगरमाथा पु¥याउँदा आफू निकै उत्साही भएको अटोवेजका प्रवन्ध निर्देशक तथा प्रतिभाका अध्यक्ष नारायण पौडेलले बताए । ‘गोपाल जी निकै सहासी र हिम्मत भएको मान्छे हो,’ उनले भने, ‘उहाँले हाम्रो प्रतिष्ठानको लोगो र झण्डा सर्वोच्च शिखरमा पु¥याएर प्रदर्शनी गर्दा हामी निकै गर्व महसुस गरिरहेका छौं ।’

You might also like

Comments are closed.