अटो र सडकले समृद्धि चिनाउँछ

अटोमोबाइल्स भनेको समृद्धिको परिचायक पनि हो । कतै विदेश भ्रमण जादा पनि त्यहाँको बाटो र सवारी साधन हेरेर देश कत्तिको विकसित छ भनेर अनुमान गर्न सक्छौं । नेपालमा सडकको अवस्था खासै राम्रो छैन । विदेशी पर्यटक आउँदा पनि नेपालको सडकलाई हेरेर कन्सेप्ट बनाउने गर्दछन् । सडकको अवस्था स्तरोन्नति तथा सुधार गर्नु आवश्यक छ ।

नेपालमा अटोमोबाइल्सको बिक्री वृद्धिको अनुपात राम्रो छ । पहिला भन्दा गत आर्थिक वर्षमा भने बिक्रीदर केही खस्केको छ । यो वर्ष सुधार हुन्छ भन्ने हाम्रो अपेक्षा छ । देश संघीयतामा गएसँगै अटोमोबाइल्सलाई पनि विकेन्द्रीकरण गरिएको छ ।

पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले पनि अटोलगायत अन्य व्यवसायको अवस्था राम्रो छ । अटोमोबाइल व्यवसायमा देखिएका मुख्य समस्या नै सरकारको कर नीति हो । सरकारले अहिलेसम्म पनि अटोमोबाइललाई बिलासिताको बस्तुका रुपमा लिएर त्यसै अनुसार कर मूल्यांकन गरेको छ । तर अहिले सवारी साधन आधारभूत आवश्यकता भइसके पनि सरकारले यो बुझ्न सकेको छैन । भारतमा भन्दा ५ गुणासम्म बढी मूल्य तिरेर नेपाली जनता गाडी चढ्न बाध्य छन् ।

सडकको अवस्थाका कारणले गर्दा पनि समस्या सिर्जना गरेको छ । सरकारले सडक सुधार दस्तुर भनेर व्यवसायीसँग ५ प्रतिशतका दरले कर लिएपनि सही सदुपयोग भएको छैन । बाटोको अवस्था सुधार छैन । सवारी साधन भित्रिए अनुसार बाटोको सुधार आउन सकेन । गाडी उच्च गुणस्तरका भएपनि बाटोका कारणले ग्राहकलाई समस्या सिर्जना गर्दा व्यवसायीलाई पनि प्रभाव पारेको छ । सवारी राम्रो भएर पनि गुणस्तरीय नदेखिएको हो कि भन्ने परेको छ । दक्ष जनशक्तिको अभाव बढी छ । यस व्यवसायका लागि प्राविधिक ज्ञान भएका दक्ष जनशक्तिको कमी छ । बिक्री पछिको सेवा उपलब्ध गराउन समस्या देखिएको छ । दक्ष जनशक्ति विदेश पलायनको असर यस व्यवसायमा पनि परेको हो

सवारी साधनलाई शोखका रुपमा लिने पुरानो मान्यता हो । अब सवारी आधारभूत आवश्यकता बनेको छ । समयको परिवर्तनले यसलाई आधारभूत आवश्यकता बनाएको छ । पहिला मोबाइल, टेलिफोनलाई पनि शोखका रुपमा लिइन्यो । अहिले मोबाइल, टेलिफोन आधारभूत आवश्यकता बने जस्तै सवारी साधन पनि आधारभूत आवश्यकता बनिसकेको छ । यसको ज्ञान सरकारलाई हुन आवश्यक छ । सरकारको सवारी नीति अटोमोबाइल मैत्री छैन । जनताको आधारभूत आवश्यकतालाई बिलासिताको बस्तुका रुपमा सरकारले लिने गरेको छ । जनताको आधारभूत आवश्यकतालाई बिलासिताको बस्तु भन्नु गलत हो । सरकारको यो नीतिमा सुधार हुन आवश्यक छ । नेपालमा सडकको अवस्था अत्यन्त नाजुक छ ।

मैले संसारका धेरै देशको भ्रमण गरेको छु । अन्य देशका सडकसँग नेपालका सडकको तुलना गर्नै सकिँदैन । पूर्व पश्चिम राजमार्ग नेपालको सबैभन्दा व्यस्त राजमार्गसमेत दयनीय अवस्थामा छ भने गाउँ–गाउँका सडकको त बिजोग नै छ । सवारी दुर्घटनाको मुख्य कारण पनि नेपालको सडक नै बनेको छ । राजधानी काठमाडौं र पर्यटकीय नगरी पोखरा जोड्ने पृथ्वी राजमार्गको अवस्था पनि दयनीय छ । पूर्वाधार विकासमा जोडदिँदै सडकको स्तरउन्नति गर्नतर्फ अब सरकारको ध्यान जान आवश्यक छ ।

कुराकानीमा आधारित

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...