काठमाडौं । कोरोना भाइरसको कारण चीनमा कारको बिक्रीमा गिरावट आएको छ । चीनमा कारको बिक्री फेब्रुअरी महिनामा ८० प्रतिशतले गिरावट आएको छ । चीनको अटो क्षेत्रमा यो सबैभन्दा बढी गिरावट हो ।
कोरोना भाइरसको प्रभाव भारतमा पनि परेको छ । अटो उपकरणको आपूर्ति प्रभावित भएको कारण दुई पांग्रे सवारी साधनको बिक्रीमा गिरावट आएको छ । कोरोना भाइरसको कारण फक्सवागन एजी र इलेक्ट्रिक कार कम्पनी टेस्लादेखि सानो सानो कम्पनीको बिक्रीमा प्रभाव परेको छ ।
सीपीसीएसका अनुसार फेब्रुअरीमा कारको होलसेल बिक्रीमा करिब ८६ प्रतिशतले गिरावट आएको छ । जापानको कम्पनी टोयोटाले गएको महिना चीनमा २३ हजार ८०० युनिट कार बिक्री गरेको थियो । सो संख्या फेब्रुअरी २०१९ को तुलनामा ७० प्रतिशत कम रहेको छ ।
भारतमा टीभीएस, बजाजदेखि लिएर टोयोटा र अशोक लेल्यान्ड तथा अन्य धेरै कम्पनीहरुका सवारी साधन बिक्रीमा उल्लेख्य गिरावट आएको छ । यद्यपि भारतमा पहिलेदेखि नै विशेष गरी चार पांग्रे सवारी साधनको बिक्रीमा गिरावट आइरहेको थियो ।
Comments are closed.