अटो व्यवसायीलाई पोखरामा कर प्रशिक्षण

आर्थिक आवाज
पोखरा, २३ चैत । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनद्वारा आयोजित कर सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पोखराका अटो व्यवसायीहरु सहभागी रहेको अध्यक्ष चन्द्रबहादुर कुँवरले जानकारी दिए ।

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले इमान्दार भएर कर तिर्न व्यवसायीहरुलाई आग्रह गरे । कर अधिकृत उद्यम राज न्यौपाने, नासु कृष्ण हरि गौतम, चाट्रर एकाउन्टेन्ट लक्ष्मण अधिकारी, अडिटर पदम बन्धु पोखरेलले कार्यक्रममा करका विषयमा धारणा राखेका थिए । व्यवसायीले भोग्नुपर्ने कर सम्बन्धी समस्याहरुका विषयका कार्यक्रममा छलफल भएको कार्यक्रम संयोजक तेजेन्द्र पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.