अतिथि रिसोर्टलाई लगातार ‘ट्राभलर्स च्वाइस अवार्ड’

पोखरा । अतिथि रिसोर्ट एण्ड स्पा पोखराले लगातार ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाउन सफल भएको छ । विश्व प्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले अतिथिलाई सन् २०२० मा सातौं पटक उक्त अवार्ड प्रदान गरेको छ ।

यस अगाडि रिसोर्टले सन् २०१४, २०१५, २०१७, २०१८, २०१९ मा नेपालका टप टेन होटलभित्र पर्न सफल हुँदै उक्त अवार्ड पाइसकेको छ । पर्यटकलाई स्तरीय सेवा प्रदान गरी अतिथिलाई सन्तुष्ट बनाउन सफल भएकाले नै अतिथिले लगातार उक्त अवार्ड पाउन सफल भएको बताउँछन् रिसोर्टका भरतराज शर्मा ।

‘सन् २०१३ अप्रिलमा सञ्चालनमा आएको रिसोर्टले लगातार ट्राभलर्स च्वाइस अवार्ड पाउँदा हामी उत्साही भएका छौं,’ उनले भने, ‘सेवालाई अझ बढी स्तरीय बनाउँदै आगामी दिनमा पर्यटकको अझै मन जित्नेछौं,’ उनले भने ।

चारतारे स्तरको अतिथि रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा तथा सुविधा प्रदान गरिरहेको अपरेसन म्यानेजर तोयानाथ पौडेलले बताए । अतिथिमा ४७ वटा डिलक्स, २ वटा लक्जरी र एउटा स्वीट रुम छन् । स्पा र स्विमिङ पुलको सुविधा रहेको रिसोर्टमा इभेन्टहरुका लागि ३ वटा कन्फ्रेन्स हलको सुविधा पनि छ ।

You might also like

Comments are closed.