अत्याधिक टिकाउ नै एमआरएफ टायरको विशेषता हो : थापा

सुमन थापा
सञ्चालक
स्मार्ट टायर जोन (एमआरएफ टायरको आधिकारिक बिक्रेता)

भारतमा उत्पादित एमआरएफ टायरको माग नेपाली बजारमा उच्च छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता स्मार्ट टायर जोनले उत्तमचोकमा शोरुम स्थापना गरी एमआरएफ टायर बिक्री वितरण गर्दै आइरहेको छ । पोखरा क्षेत्रमा एमआरएफ टायरको बजार अवस्था, एमआरएफ टायरका विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर स्मार्ट टायर जोनका सञ्चालक सुमन थापासँग आर्थिक आवाजले गरेको कुराकानीको सार :

बजारमा एमआरएफ टायरको अवस्था कस्तो छ ?
भारतको प्रशिद्ध उत्पादन एमआरएफ टायरको शोरुम पोखरामा गत डिसेम्बरबाट हामीले सञ्चालनमा ल्याएका हौं । एमआरएफका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता स्मार्ट टायर जोनले पोखराको उत्तमचोकमा शोरुम स्थापना गरेर टायर बिक्री सुरु गरेको छोटो समयमा नै हामी टायरका आम उपभोक्ता माझ लोकप्रिय बन्न सफल छौं । टु ह्बिलर्समा करिव ७० प्रतिशत स्थान टायरको बजार हामीले ओगटेका छौं । हेभी भेइकल्समा पनि माग राम्रो छ । नेपालमा १ नम्बरमा नै एमआरएफ टायर परेको छ । पोखरामा पनि यसको माग धेरै छ ।

एमआरएफ टायरका मुख्य विशेषता के–के हुन् ?
लामो समयसम्म टिक्नु नै एमआरएफ टायरको मुख्य विशेषता हो । धेरै पटक रिसोल गर्न सकिन्छ । यसमा नाइनल टायर धेरै प्रयोग भएको छ । भारतमा यो टायर १ नम्बरमा आउने गरेको छ । भारतमा १२औं पटकसम्म उत्कृष्ट टायर बनेको छ । विशेष गरी नेपाल, भारत, भुटान, बंगलादेश लगायतका दक्षिण एसियाली देशमा यसको माग उच्च छ । टिकाउ तथा भरपर्दो हुने भएकाले पोखरामा धेरैको रोजाइमा एमआरएफ परेको छ । एमआरएफका रेडियल, नाइनल र ट्युव लेस टायरहरु बजारमा उपलब्ध छन् ।

ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले एमआरएफ टायरको आधिकारिक बिक्रेता भएर काम गरेको छोटो सयममा सफलता पाएका छौं । अहिले हाम्रो फोकस भनेको टायर बिक्री गर्ने हो । हामीले सर्भिसलाई पनि प्राथमिकतामा राखेका छौं । पोखरामा पहिलोपटक अनलाइनबाट सेवा उपलब्ध गराउँदैछौं । एमआरएफ ब्राण्ड तथा टायर पुरानो हो । हामीले होलसेलमा बिक्री गरिरहेका छौं । छोटो अवधिमा पनि धेरै राम्रो भएको छ । हाम्रो मुख्य टार्गेट गण्डकी र धौलागिरी हो । सबै क्षेत्रबाट टायरको माग राम्रो छ । ग्राहक सन्तुष्ट हुनुहुन्छ ।

एमआरएफ टायर किन्न स्मार्ट टायर जोनमा नै किन आउने ?
हामीले विश्वसनीय तरिकाले गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं । ग्राहकबाट पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । राम्रो ब्राण्डका टायर बिक्रीसँगै स्तरीय सेवा नै हाम्रो विशेषता हो । टायरमा हावा भर्ने चलन छ । टायरहरुमा नाइट्रोजन ग्यास भर्ने व्यवस्था मिलाउँदैछौं । नाइट्रोजनले टायरलाई दीगो बताउँछ भन् फ्युल र टायरको मर्मतको खर्च पनि कम गराउँछ । हावा भन्दा नाइट्रोजन चिसो हुने हुँदा टायर कम पड्कन्छ ।

अटोमोबाइल्स व्यवसाय सञ्चालन गर्ने सोच कसरी आयो ?
मैले पर्यटन व्यवसाय संचालन गरिरहेको थिएँ । मलाई अटोमोबाइल्स क्षेत्रमा पनि काम गर्ने रहर थियो । साथीहरुको सल्लाह अनुसार म यस व्यवसायमा लागेको हँु । अटो र पर्यटन दुवै व्यवसायलाई सँगै अगाडि बढाउने मेरो उद्देश्य छ ।

कुन–कुन सवारीका लागि एमआरएफका टायर उपलब्ध छन् ?
हेभी, लाइट, मिनी, कमर्सियल तथा दुई पाङग्रे साधनका लागि आवश्यक एमआरएफ कम्पनीका टायर तथा ट्युव शोरुममा उपलब्ध छन् । शोरुममा टायर मर्मत सेवासमेत छिट्टै उपलब्ध गराइँदैछ । कम्प्युटर प्रविधिबाट ह्विल अलाइमेन्ट र व्यालेन्सिङ सेवा प्रदान गरिनेछ ।

You might also like

Comments are closed.