अत्यावश्यक बस्तुको बिक्रीबितरण तथा ढुवानी पारदर्शी बनाउन पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटको बेला संयमित बन्न तथा बजारमा अत्यधिक माग भएका ओखती,मास्क, सेनेटाइजरसहित खाद्यान्न,पेट्रोलियम पदार्थहरुको बिक्रीबितरण तथा ढुवानी कार्यलाई पारदर्शी,सरल एवं प्रभावकारी बनाउन उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै संकटको यो घडीमा अत्यावश्यक सामानहरुको धेरै भण्डारण नगर्न सर्वसाधारणसँग अनुरोध पनि गरेको छ ।

‘पोखरा उद्योग वाणिज्य संघ, अवैध रुपले गरिने सबैखाले व्यापार÷व्यवसायको सधैँ विपक्षमा छ र रहन्छ’, संघका महासचिव अर्जुन पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘अझ, मानवीय संकटको बेला गरिने कुकृत्य त झन दण्डनीय हो भन्नेमा पनि संघ प्रष्ट छ ।’ बजारमा अत्यावश्यक सामानहरुको अभाव सृजना भएको तथा कालोबजारी बढेको भन्ने गुनासो आइरहेको बेला संघले विज्ञप्ति जारी गरेको हो ।

कोरोना भाइरस ( कोभिड–१९ ) ले ल्याएको विपत्तिबाट सिंगो विश्व नै प्रभावित भएको बेला आवश्यक सुरक्षाको यथोचित प्रबन्ध गर्ने, जनतालाई सरकारबाट प्रदान गरिने स्वास्थ्य सेवाप्रति आश्वस्त बनाउने एवं आपूर्ति व्यवस्था सहज बनाउने दायित्व प्रभावकारी ढंगले सम्पादित गर्न संघले तीनवटै तहका सरकार तथा सरोकारवाला निकायहरुसँग माग पनि गरेको छ । यसैगरि संघले कोरोना भाइरसका सेवा र औषधिजन्य उद्योगमा देखिएको विश्वव्यापी प्रभाव नेपालमा पनि देखिन थालेको उल्लेख गर्दै नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको पर्यटन उद्योग ठप्पप्रायः भएको र अन्य क्षेत्रमा पनि असर देखिन थालेको जनाएको छ । महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले ‘नेपाल पनि कोरोना भाइरसको उच जोखिमयुक्त मुलुक’ भएको किटान गरेको सन्दर्भ उठाउँदै सचेत र सुरक्षित रहन उद्योगी÷व्यवसायी तथा आम नागरिकमा अनुरोध पनि गरेको छ ।

 

प्रेस विज्ञप्तिको पूर्ण पाठ

कोरोना भाइरस( कोभिड–१९) ले उत्पन्न गराएको विश्वव्यापी संकट र त्यसले उद्योग÷व्यवसाय तथा समग्र अर्थतन्त्रमा पु¥याएको असरप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि विश्व स्वास्थ्य संगठनले ‘नेपाल पनि कोरोना भाइरसको उच जोखिमयुक्त मुलुक’ भएको किटान गरेको सन्दर्भमा सचेत र सुरक्षित रहनु हामी सबैको दायित्व र कर्तव्य हो भन्ने संघको ठहर रहेको छ । अतः संघ, कोरोना भाइरसजस्तो विश्व व्याधीबाट बच्न आम सुरक्षाका सम्पूर्ण प्रक्रियाहरु अपनाउन सम्पूर्ण उद्योगी÷व्यवसायी तथा आम नागरिकमा हार्दिक अनुरोध गर्दछ ।

यसका, साथै कोरोना भाइरसका कारण विश्वभर नै उद्योग÷व्यवसाय र खासगरि सेवा र औषधिजन्य उद्योगमा देखिएको असरको प्रभाव नेपालमा पनि देखिन थालेको छ । नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको पर्यटन उद्योग ठप्पप्रायः भएको छ भने बिस्तारै कोरोनाको असर अन्य उद्योग÷व्यवसायमा समेत देखिने सम्भावना बढेको छ । अतः यो विषम परिस्थितिलाई सहज बनाउन एवं सम्भावित विपत्तिबाट मुक्ति पाउन उद्योगी÷व्यवसायीहरुबाट प्रभावकारी भूमिका निर्वाह निर्वाह गर्नुपर्छ भन्नेमा संघ दृढ रहेको छ । संकटको यो घडीमा उद्योगी÷व्यवसायीहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे निजी क्षेत्र प्रष्ट हुनैपर्छ । खासगरि,पछिल्लो समय बजारमा अत्यधिक माग भएका ओखती,मास्क, सेनेटाइजरसहित खाद्यान्न,पेट्रोलियम पदार्थहरुको बिक्रीबितरण तथा ढुवानी कार्यलाई पारदर्शी,सरल र प्रभावकारी बनाउन पोखरा उद्योग वाणिज्य संघ सम्पूर्ण उद्योगी÷व्यवसायीहरुसँग हार्दिक अपील गर्दछ । पोखरा उद्योग वाणिज्य संघ, अवैध रुपले गरिने सबैखाले व्यापार÷व्यवसायको सधैँ विपक्षमा छ र रहन्छ । अझ, मानवीय संकटको बेला गरिने कुकृत्य त झन दण्डनीय हो भन्नेमा पनि संघ प्रष्ट छ । संकटको यो घडीमा अनावश्यक रुपले अत्यावश्यक सामानहरुको भण्डारण नगर्न पनि संघ सर्वसाधारणसँग हार्दिक आग्रह पनि गर्दछ ।

पोखरा उद्योग वाणिज्य संघ, कोरोना भाइरस ( कोभिड–१९ ) ले ल्याएको विपत्तिबाट सिंगो विश्व नै प्रभावित भएको बेला आवश्यक सुरक्षाको यथोचित प्रबन्ध गर्ने, जनतालाई सरकारबाट प्रदान गरिने स्वास्थ्य सेवाप्रति आश्वस्त बनाउने एवं आपूर्ति व्यवस्था सहज बनाउने दायित्व प्रभावकारी ढंगले सम्पादित गर्न तीनवटै तहका सरकार तथा सरोकारवाला निकायहरुसँग जोडदार मागसमेत गर्दछ ।

अर्जुन पोखरेल
महासचिव, पोखरा उद्योग वाणिज्य संघ

You might also like

Comments are closed.