अत्यावश्यक बस्तु तथा सामानहरुको डेलिभरी निर्वाध रुपमा गर्न पाउनुपर्ने माग

काठमाडौं ।ई–कमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्रगत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध तथा दूग्ध जन्य पदार्थ साथै दूग्ध जन्य पदार्थ प्याकेजिङका सामग्रीहरुको व्यवसाय संचालन निर्वाध रुपमा गर्न पाउनुपर्ने माग राखेका छन् ।

निषेधाज्ञाको अवधिभरि लागुहुने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट निर्णयभई उक्त कार्यलयको आधिकारीक वेबसाइट मार्फत मिति २०७७÷०५÷१० गते जारी भएको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवा सोहि बुँदाले त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरेको छ । उक्त आदेशको बुँदा २ बमोजिम अत्यावश्यक सेवा तथा बस्तुको व्यवसाय संचलन गर्न रोक नरहेको र बुँदा ३ बमोजिम अत्यावश्यक सामग्री ढुवनीमा प्रयोग भएका सवारी साधन संचलन गर्न समेत रोक नरहेकोतर्फ समेत ध्यानाकर्षण गराएको छ । सर्वसाधारणका आवश्यकताहरु सहज, सुलभ र सुरक्षित तरिकाले परिपूर्ती गर्ने फोरमले प्रतिबद्धता जनाएको छ । रहेको छ ।

यसैविचमा भदौ ११ र१२ गते सामान डेलिभरी गरिरहेका केहि वितरक र सवारी चालकहरुलाई अत्यावश्यक बाहेकका अन्य सामानहरु समेत डेलिभरी गरेको भेटिएको भनी प्रहरीले नियन्त्रणमा लिई उपरान्तः निषेधाज्ञा अवधि भर बिहानको ९ः१५ पछिको समयमा डेलिभरी गर्न नपाउने शर्त राखि रिहा गरेको छ । अत्यावस्यक भनेर अन्य सामान डेलिभरी नगर्न पनि फोरमले आग्रह गरेको छ ।

                                      विज्ञप्तीको पुर्ण पाठ
अत्यावश्यक बस्तु तथा सामानहरुको डेलिभरी सम्बन्धमा जारी गरिएको प्रेस विज्ञप्ती ।

सिंगो विश्व नै कोभिड–१९ महामारीसंग संघर्षरत रहेको अवस्थामा नेपालमा समेत संक्रमण बढ्दो अवस्थामा रहेको सर्वविद्दितै छ । काठमाण्डौं उपत्यकाका तीन वटै जिल्ला प्रसाशन कार्यलयहरुको प्रमूख जिल्ला अधिकारी ज्यूहरुको संयूक्त बैठकले मिति २०७७÷०५÷०४ गतेको दिन देखि काठमाडौं उपत्यका भित्र निषेधाज्ञाको आदेश जारी भएकोमा हालसम्म उक्त आदेश कार्यान्वयनकै अवस्थामा रही मिति २०७७÷०५÷१७ गते सम्मका लागि निरन्तरता कायम नै रहेको अवस्था विद्यमान छ । यस्तो घडिमा कोभिड–१९ को महामारीका कारण मानव जिवन अझ कष्टकर बनेकोमा अत्यावश्यक सामग्रीहरु सुरक्षित र सुलभ तरिकाले सर्वसाधारणमा पुगोस् र जन जिवनलाई केहि हदसम्म भएपनि सहजता मिलोस् भन्ने सबैको चाहना भएकोमा मानव जिवनका आधारभूत आवश्यकताहरु सर्वसूलभ रुपमा जनतामा पु¥याउनु राज्य व्यवस्था र सरकारको प्रमुख कर्तव्य र दायित्व भएको कुरामा दुईमत छैन । कोभिड–१९ संग सहि तरिकाले जुध्नुबाहेक सरकार र जनतासंग समेत अन्य विकल्प छैन । यस सन्दर्भमा मानव जिवनका लागि खाद्यान्न, सरसफाई र स्वास्थ जस्ता “अत्यावश्यक” भनि वर्गिकरण गरिएका विषयमा संवेदनशीलताका साथ सहज र सुलभ बनाई कोभिड–१९ को कारण बनेको विशम परिस्थितीको सामना गर्न सर्वसाधारणलाई सहयोग गर्न यस फोरम प्रतिवद्ध रहेको छ ।

यस फोरम अन्तर्गतका ई–कमर्श व्यवसायीहरुले मिति २०७७÷०५÷०४ गते निषेधाज्ञा जारी भएपश्चात् समेत निर्वाध रुपमा खाद्यान्न, फलफूल, तरकारी तथा अन्य अत्यावश्यक वस्तुहरु सर्वसाधारणलाई डेलिभरी गरिरहेको अवगत नै छ । यसैविचमा २०७७÷०५÷११ र २०७७÷०५÷१२ गते, त्यसरी सामान डेलिभरी गरिरहेका केहि वितरक र सवारी चालकहरुलाई अत्यावश्यक बाहेकका अन्य सामानहरु समेत डलिभरी गरेको भेटिएको भनी प्रहरीले नियन्त्रणमा लिई उपरान्तः निषेधाज्ञा अवधि भर बिहानको ९ः१५ पछिको समयमा डेलिभरी गर्न नपाउने शर्त राखि रिहा गरेको समेत अवगत गराउँदछौँ । आजको मिति सम्म निषेधाज्ञाको अवधिभरि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट निर्णयभई उक्त कार्यलयको आधिकारीक वेबसाइट मार्फत मिति २०७७÷०५÷१० गते जारी भएको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध तथा दूग्ध जन्य पदार्थ साथै दूग्ध जन्य पदार्थ प्याकेजिङका सामग्रीहरुको व्यवसाय संचालन गर्न रोक नरहेको तर्फ ध्यानाकर्षण गराउँदै, सोहि बुँदाले त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरेको छ । उक्त आदेशको बुँदा २ बमोजिम अत्यावश्यक सेवा तथा बस्तुको व्यवसाय संचलन गर्न रोक नरहेको र बुँदा ३ बमोजिम अत्यावश्यक सामग्री ढुवनीमा प्रयोग भएका सवारी साधन संचलन गर्न समेत रोक नरहेकोतर्फ समेत ध्यानाकर्षण गराउँदछौँ ।

कोभिड–१९ ले सिर्जना गरेको परिस्थितीलाई सरकारले अत्यावश्यक सेवा उवलब्ध गराउन गरिरहेको पहलको सरहाना गर्दै सो कार्यमा सहयोग गर्न यस फोरम सदैव तत्पर रहनेछ । आम सर्वसाधारणको सुविधाको लागि सरकारले तोकेको कोभिड–१९ सूरक्षा मापदण्डलाई पालना गरी सरसफाई, किटाणुशोधन, भौतिक दुरी, सुरक्षित मास्कको अनिवार्य प्रयोग लगायतका मापदण्ड पूरा गर्ने गरि ई–कमर्श सेवा प्रदायकहरुले अत्यावश्यक बस्तुहरुको होम डेलिभरी गर्ने कार्यलाई मिति २०७७÷०५÷१६ गतेका दिनदेखि निरन्तरता दिनेछौँ भनि यो विज्ञप्ती जारी गरिएको छ । यस विज्ञप्तीको आधारमा संचालन गरिने अत्यावश्यक वस्तुहरुको होम डेलिभरी गर्ने प्रकृयामा अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको विक्रि वितरण गर्ने कार्य नगरिदिनुहुन सबै इकमर्श व्यवसायीहरुलाई हार्दिक अपिल गर्दै, जिल्ला प्रशासन कार्यालयको मिति २०७७÷०५÷१० गतेको निषेधाज्ञा विपरित हुने अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको होम डेलिभरी हुन नदिई बास्तवमा नै सर्वसाधारणका आवश्यकताहरु सहज, सुलभ र सुरक्षित तरिकाले परिपूर्ती गर्ने यस फोरम प्रतिबद्ध रहेको छ । त्यसरी अत्यावश्यक बाहेकका अन्य बस्तुहरुको होम डेलिभरी गर्ने कार्य कुनै ई–कमर्श संचालकले गरेको पाइएमा सोको जवाफदेहिता सोहि ई–कमर्शका संचालकहरुले नै व्यहोर्नुपर्नेछ र यस फोरमले त्यसतो कार्यको संरक्षण वा प्रतिरक्षा नगर्ने व्यहोरा समेत सम्बन्धित निकायहरुमा जानकारी गराउँदछौँ ।

कोभिड–१९ महामारीको अवस्थामा ई–कमर्श तथा अनलाईन डेलिभरी मार्फत सेवाग्राहीहरुमा प्रदान गरिने सेवा सामान्य भन्दा अझै बढि सुरक्षित हुने, अत्यावश्यक बस्तु खरिद बिक्रिको अवस्थामा हुने भीडभाड नियन्त्रण समेतमा सहयोग पुग्ने र समाजमा कोभिड–१९ फैलन सक्ने ठाउँहरुलाई नियमन गर्न सरकारलाई समेत सहज हुने र खुला बजारमा भन्दा ई–कमर्शबाट हुने व्यवसायमा कन्ट्याक्ट ट्रेसिङ गर्न समेत झनै सजिलो हुने हुँदा अत्यावश्यक बाहेकका अन्य बस्तु तथा सेवालाई समेत महामारीको अवस्थामा निश्चित् मापदण्ड बनाई ई–कमर्श मार्फत संचालन गर्न अनुमती प्रदान गर्ने सम्बन्धमा सरकारका विभिन्न निकायहरुसंग यस फोरमले समन्वय गर्दै आइरहेको कुरा समेत सेवाग्राहीहरुमा जानकारी गराउन चाहन्छौँ । साथै, सम्बन्धित सरकारी निकायहरुलाई यस सम्बन्धमा छिटो भन्दा छिटो आवश्यक मापदण्ड तयार गरि सर्वसाधारणको जिवन कोभिड–१९ महामारीको अवस्थामा समेत केहि हदसम्म सहज बनाइदिनुहुन हार्दिक अपिल गर्दछौँ ।

…………………….
सागर देव भट्ट

Merokirana.com

संयोजक
ई–कमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरम

You might also like

Comments are closed.