अधिकारी र प्रजू दुवै प्यानल प्रचारप्रसारमा व्यस्त

आर्थिक आवाज
पोखरा, २२ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न व्यस्त छन् । उनीहरु आफ्ना एजेण्डासहित मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन् ।

अध्यक्षका उम्मेदवार दामु अधिकारी र अर्का उम्मेदवार रवीन्द्रबहादुर प्रजूले प्यानलसहित घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । असोज ५ र ६ गते हुने महाधिवेशनमा दुई प्यानलबीच तिब्र प्रतिस्पर्धा हुँदैछ । दुवैले पत्रकार सम्मेलन गरी प्यानल सार्वजनिक गरिसकेका छन् ।

You might also like

Comments are closed.