अधिकृत बिक्रेता संघ पोखराको अध्यक्षमा पन्त निर्विरोध

आर्थिक आवाज
पोखरा । अधिकृत बिक्रेता संघ पोखराको अध्यक्षमा युवा व्यवसायी हरिराज पन्त निर्विरोध भएका छन् । पुस ५ गते पोखरामा हुने सातौं महाधिवेशन अन्तर्गत पुस २ गते मनोनयत दर्ता भएको थियो । अध्यक्षमा पन्तको मात्रै उम्मेदवारी परेको हो ।

अध्यक्षमा पन्त निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा शनिबार महाधिवेशनमा हुनेछ । पन्त बर्तमान कार्यसमितिमा पनि अध्यक्ष नै छन् । सदस्यहरु पनि निर्विरोध निर्वाचत भएको बताइएको छ । सदस्यहरु मध्येबाट अध्यक्ष बाहक अन्य पदाधिकारी चयन हुने व्यवस्था छ ।

अध्यक्ष पन्त नेपाल बितरक महासंघका महासचिव समेत हुन् । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पन्त अन्य विभिन्न संघसंस्थामा आबद्ध छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...