अधिकृत विक्रेता संघ पोखरामा पन्त निर्वाचित

पोखरा, २२ पुस । अधिकृत बिक्रेता संघ पोखराको अध्यक्षमा युवा व्यवसायी हरिराज पन्त अत्याधिक मतले निर्वाचित भएका छन् । शुक्रबार पोखरामा सम्पन्न संघको ११औं साधारणसभा तथा छैटौं अधिवेशनबाट पन्त निर्वाचित भएका हुन् । पन्तले ५४ मत ल्याउँदा प्रतिस्पर्धी रुप नारायण भुजेलले २२ मत ल्याए ।

सदस्यहरुमा प्रकाशदेव पालिखे, देवेन्सन प्रजू, दिलीप श्रेष्ठ, तेजेन्द्र पौडेल, लक्ष्मीराज पौडेल, मनोज श्रेष्ठ, होमकुमार राई, अनिल श्रेष्ठ, शंकर पन्त, रवि सापकोटा, राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

११ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो । निर्वाचित सदस्यबाट नवनिर्वाचित अध्यक्षले पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । २ जना सल्लाहकार र २ जना कार्यकारी सदस्य समेत अध्यक्षले नै मनोनित गर्नेछन् । संघमा ७७ जना व्यवसायी आबद्ध छन् ।

You might also like

Comments are closed.