अध्यक्षबाट पछाडि हटे कोइराला, वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

आर्थिक आवाज
पोखरा, ५ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्ने आकांक्षासहित लबिङ गरिरहेका नारायण कोइराला अन्तत पछाडि हटेका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने निर्णय गरेको उनले आर्थिक आवाजलाई जानकारी दिए ।

‘म अध्यक्षको आकांक्षासहित अगाडि बढेको थिएँ,’ उनले भने, ‘सबैको सल्लाह र सुझावलाई मध्यनजर गर्दै वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने निर्णयमा पुगेको हुँ ।’ अर्को पटक अध्यक्ष सुरक्षित गर्नका लागि पनि कोइराला अहिले वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न तयार भएका हुन् ।

रवीन्द्र बहादुर प्रजू प्यानलबाट कोइराला वरिष्ठ उपाध्यक्ष उम्मेदवार हुने सम्भावना छ । कोइराला अघिल्लो पटक अध्यक्षमा पराजित भएका थिए । प्रजूलाई अध्यक्ष र कोइरालालाई वरिष्ठ उपाध्यक्ष बनाएर अन्य पदहरुमा उम्मेदवार मिलाउने तयारी काँग्रेसले गरेको छ ।

काँग्रेसले उम्मेदवार मनाउने जिम्मेवारी संघका पूर्व अध्यक्ष तथा प्रदेश सांसस विन्दु कुमार थापालाई अख्तियारी दिएको छ । नेकपा निकट व्यवसायीबाट दामु अधिकारी अध्यक्षको उम्मेदवार बन्दैछन् । संघको महाधिवेशन आगामी असोज ५ र ६ गते हुँदैछ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...