अध्ययन अवलोकन भ्रमणमा हाम्रो सहयोगीका सहकारीकर्मीहरु

आर्थिक आवाज
पोखरा, २० फागुन ।  पोखराको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरुको टोली अध्ययन अवलोकन भ्रमणमा निस्किएको छ । सोमबार पोखराबाट सुुरु भएको अध्ययन अवलोकन भ्रमण ६ दिनसम्म चल्नेछ । भ्रमण टोली नेपालको पूर्वी भूभागसहित भारतको सिक्किम दार्जलिङसम्म पुगेर फर्किने कार्यक्रम रहेको सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए ।

भ्रमण टोलीमा ६४ जना सहभागी रहेको सहकारीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र आचार्यले जानकारी दिए । ‘सेयर सदस्यहरुको क्षमता अभिबृद्धि सहित अध्ययन अवलोकनमा चासो बढाउन भ्रमण आयोजना गरिएको हो,’ उनले भने,’ सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत भ्रमण तय भएको हो ।’ भ्रमणमा सहभागीहरुलाई सोमबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । सहकारीका निबर्तमान अध्यक्ष किसान सुनार लगायतले टोलीलाई विदाई गरेका हुन् ।

You might also like

Comments are closed.