अनलाइनबाटै ५ सय लायनले लिए उत्प्रेरणा तालिम

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आयोजनामा उत्प्रेरणा तालिम सम्पन्न भएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण मुलुक लकडाउन भएको अवस्थामा डिष्ट्रिक्टले अनलाइनबाटै उत्प्रेरणामूलक तालिम आयोजना गरेको क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिए ।

‘सर्कल अफ एक्सिलेन्स’ विषयमा शुक्रबार आयोजित तालिममा करिब ५ सय जना सहभागी भएका थिए । विश्व भरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउने भएको विषम परिस्थितिमा आयोजित तालिम निकै प्रभावकारी भएको डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले बताइन् । उत्प्रेरक राजा बाबु शाहले कार्यक्रमको सहजीकरण गरेका थिए ।

You might also like

Comments are closed.