अनलाइनलाई संचारमाध्यमलाई व्यवस्थित र मर्यादित पार्न सुझाव

दीननाथ बराल
पोखरा २१, माघ । अनलाइन संचारमाध्यमलाई व्यवस्थित र मर्यादित पार्न एक कार्यक्रमका वक्ताले सुझाव दिएका छन् । आइतबार साझ पोखरामा सम्पन्न पोखरा न्यूज डट कमको पाँचौं वार्षिकोत्सव समारोहमा वोल्ने वक्ताहरुले अनलाइन संचार माध्यमले छिटो छरितो खबर प्रदान गर्न सफल भएको भन्दै अनलाइन संचारमाध्यमलाई व्यबस्थित र मर्यादित बनाउनुपर्ने सुझाब दिएका हुन् ।

प्रविधिको विकाससंगै पछिल्लो क्रममा अनलाइन सञ्चार माध्यमले फड्को मारेको उल्लेख गर्दै वक्ताहरुले लुकिछिपी अबैधानिक तवरले संचालन भएका केही अनलाइनहरुले विकृति फैलाएको भन्दै चिन्ता समेत व्यक्त गरे । अनलाइनहरु विधिवत रुपमा दर्ता भई निष्पक्ष हिसाबले चल्नुपर्नेमा बक्ताहरुले जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेशका सांसद राजिव पहारीले पछिल्लो समयमा समाजमा नकरात्मक समाचारहरुले बढी प्रयस पाएको बताए । उनले भने ‘केही अनलाइन तथा पत्रकारहरुमा अराजकता देखिन थालेको छ, अब यसमा पत्रकार महासंघले यसमा आफ्नो भुमिका निर्वाह गरोस्, पत्रकारले सकारात्मक कुरालाई बढी प्राथमिकता दिनुपर्यो ।’ पोखरा न्यूज डट कमले पोखरा चिनाउने गरी आफ्नो मर्यादामा रहेर काम गरेकोमा खुसी व्यक्त गर्दै सांसद पहारीले पोखराको प्रवद्र्धनमा अनलाइनको मुख्य भूमिका हुने उल्लेख गरे ।

सांसद पहारीले फेवातालमा किनारको माटो फाल्ने काम सुरु भएसंगै अब सर्वोच्व अदालतले दिएको निर्देशन पालना गर्न सबैको साथ र सहयोगको आवश्यक भएको बताए । कार्यक्रमका अर्का विशिष्ट अतिथि गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन)ले अनलाइनहरुमा पछिल्लो समयमा विकृति देखिएकोमा चिन्त्ता व्यत्त गर्दै यसलाई समयमै व्यवस्थित पार्न आग्रह गरे । सांसद बरालले गणतन्त्र कसैसंग झोला थापेर आएको नभई जनताको बलिदान र तपश्याले आएकाले यसलाई पछिल्लो समयमा चौतर्फी ढंगबाट घेरा बन्दी हुन थालेको बताए । गणतन्त्रलाइ संस्थागत हुन संचार माध्यमहरुले सकरात्मक भूमिका खेल्न उनले आग्रह गरे ।

अर्का विशिष्ट अतिथि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले पत्रकारले कसैको बारेमा लेख्दा कम्तिमा सम्बन्धित व्यक्तिको एक पटक भनाई लिएर मात्र समाचार लेख्न आग्रह गरे । समाजमा रहेका विकृति र विसंगती बिरुद्ध कलम चालाउन पत्रकारलाई आग्रह गर्दै सांसद थापाले सामाजिक सदभाव, न्याय र समानतामा समेत पत्रकारहरुको ध्यान पुग्नुपर्ने जनाए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले केही अनलाइनले विश्वसनीयता कायम गर्न सकेको उल्लेख गर्दै उनले लुकेर चलेका केही अनलाइनले पत्रकारिताको धर्म, मर्म विपरित पत्रकारहरुको बेइज्जत हुने गरी काम गरेकोमा सबैलाई आफ्नो मर्यादामा रहन आग्रह समेत गरे ।

पोखराबाट संचालित अनलाइन मिडियाहरुको तर्फबाट गण्डक न्यूज डट कमका संचालक रञ्जन अधिकारी क्षेत्रीले विधिवत रुपमा अनलाइन सञ्चालनका लागि एकदमै कठिन रहेको उल्लेख गर्दै सबैले आफ्नो समाचार सामाजिक संजालमा शेयर गर्न चाहने तर अनलाइनलाई विज्ञापन नपत्याउने अवस्था रहेको भन्दै दुखेसो ब्यक्त गरे ।

विज्ञापन आफ्ना ग्राहकका लागि हो भने, सबैभन्दा बढी ग्राहक अनलाइनमार्फत नै हुने भन्दै अधिकारीले कुन वास्तविक अनलाइन संचारमाध्यम हुन् भन्ने कुरामा व्यावसायि तथा पाठक वर्ग स्पस्ट हुनुपर्ने उल्लेख गरे । पोखरामा अनलाइनहरुलाई आफूहरुले व्यवस्थित पार्ने अभियान सुरु गर्ने समेत उनले जनाए ।

नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा पोखरा न्यूज डटकमका सहसम्पादक दीननाथ बरालले अनलाइन मिडियाहरु समाजमा लोकप्रिय हुँदै गएतापनि अब्बस्थित ढंगले चलेका केही अनलाइनका कारण उतिकै आलोचित समेत हुनु परेको बताए ।

पोखरा न्यूज डट कमका प्रकाशक ÷सम्पादक गणेश बरालले अनलाइनको भविष्य राम्रो रहेको उल्लेख गर्दै बर्तमान समय भने कठिन रहेको उल्लेख गरे । कुन वास्तविक अनलाइन संचार माध्यम हो भन्ने कुरामा पाठक वर्ग झुक्किन जादा सबै अनलाइन उस्तै हुन् भन्ने भ्रम फैलिएको उल्लेख गर्दै सम्पादक बरालले अनलाइन संचारमाध्यम त्यस्तो भ्रम चिर्न अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रमको औचपारिक उद्घाटन गण्डकी प्रदेशका सांसद पहारी, बराल, थापा , मिना गुरुङ र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले संयुक्त रुपमा मैनबत्ती प्रज्वलन गरी गरेका हुन् । विभिन्न सांकृतिक कार्यक्रम सहित समारोह सम्पन्न भएको पोखरा न्यूज डट कमका अनुज कुलुङले बताए ।

You might also like

Comments are closed.