अनवरत कृषि सहकारीको अध्यक्षमा मोतिराज

 

पोखरा, १० भदौ ।

अनवरत कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको शनिवार सम्पन्न चौथो वार्षिक साधारण तथा चुनावी सभाले पुनः मोतिराज तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विद्या वास्तोला, सचिवमा सृजना कार्की थापा, सहचिवमा गोपाल प्रसाद सापकोटा, कोषाध्यक्षमा जीवन तिमिल्सिना तथा सदस्यहरुमा मोतिराम तिमिल्सिना, मिना विश्वकर्मा, कल्पना केसी र पार्वती पराजुली रहेका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा इन्दिरा कुमारी खत्री तथा सदस्यहरुमा शान्ति भण्डारी र नविन तिमिल्सिना रहेका छन् । निर्वाचन समितिको संयोजकमा माधवशरण पौडेल र सदस्यमा विनोदप्रसाद त्रिपाठी रहेका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा लेखनाथ महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले सहकारीले आफ्ना शेयर सदस्यको जिवन उकास्न तर्फ ध्यान दिनु पर्ने बताए ।

सहकारीले नाफा मात्रै वाढ्ने काम गर्ने होईन’,उनले भने, अव सहकारील शेयर सदस्यलाई सिप मुलक तालिम दिई जिवन स्तर उकास्न तर्फ लाग्नु पर्दछ ।’ कम्तीमा पनि एक सहकारी संस्थाले वर्षको १० जना शेयर सदस्यको जिवन स्तर उकास्ने काम गर्न सकेमा सहकारी सफल हुने उनको भनाई थियो ।

गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवशरण पौडेलले सहकारी शिक्षा वारे शेयर सदस्यलाई राम्रो ज्ञान दिन सके सहकारी फस्टाउने बताए । हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिनराज तिमिल्सिनाले सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा असली ऋणी तर्फ नैना माया तामाङ र उत्कृष्ट बचततर्फ महेश तिमिल्सिनलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव नविन तिमिल्सिना,कोषाध्यक्ष जीवन तिमिल्सिना, लेखा समिति संयोजक इन्दिराकुमारी खत्रीले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

संस्थाको शेयरपुजि ४१ लाख ४८ हजार ९ सय, निक्षप संकलन ७८ लाख ५७ हजार ७ सय ४४ र ऋण लगानी १ करोड ४ लाख ९४ हजार ४ सय ५८ रहेको छ । सुरक्षित बचत तपाईको आधार, अनवरत कृषि सहकारी संस्थासँगको कारोवार विकासको पूर्वधार भन्ने नाराका साथ स्थापित यस सहकारीमा ४ सय ९४ शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद त्रिपाठी, देविस्थान कृषि सहकारी संस्थाका अध्यक्ष शालिकराम बास्तोला, तिव्रेकोट सामुदायिक कृषि सहकारीका अध्यक्ष मधुसुदन त्रिपाठी, समाजसेवी दानबहादुर थापा, समाजसेवी भिमप्रसाद श्रेष्ठ, समाजसेवी माधवशरण पौडेल, रेडियो हेमजाका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटा, कामधेनु आमा समूहकी अध्यक्ष खिनी तिमिल्सिना लगायतले बोलेका थिए ।

अनवरत कृषि सहकारी संस्थाका अध्यक्ष मोतिराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य सुरेश सापकोटाले स्वागत, लेखा समिति संयोजक इन्दिराकुमारी खत्रीले सहकारीका सात सिद्धान्त र कोषाध्यक्ष जीवन तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.