अनाथ बालकहरुलाई स्मार्ट टाउनद्वारा खाद्यान्न र स्यानिटाइजर सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले अनाथ बालकहरुलाई सहयोग गरेकोे छ । पोखराको रानीपौवास्थित तुलसी मार्गमा रहेका रहेका अनाथहरुलाई खाद्यान्न र स्यानिटाइजर सहयोग गरिएको क्लबका अध्यक्ष कविता श्रेष्ठले जानकारी दिइन् ।

शान्ति श्रेष्ठको संरक्षकत्वमा ९ जना बालकहरु आश्रित छन् । संरक्षक शान्ति श्रेष्ठलाई अध्यक्ष कविता श्रेष्ठले खाद्यान्न हस्तान्तरण गरेकी हुन् । कोरोना भाइरसका कारण मुलुक लकडाउन भएको अवस्थामा आश्रममा खाद्यान्न र स्यानिटाइजर अभाव भएको जानकारी पाएपछि क्लबका तर्फबाट सहयोग गरिएको श्रेष्ठले जानकारी दिइन् ।

‘१० हजार रुपैयाँ बराबरको खाद्यान्न र स्यानीटाइजर सहयोग गरिएको हो,’ उनले भनिन् । तुलसी मार्ग टोल विकास संस्थाका उपाध्यक्ष बकावली शाक्यले स्मार्ट टाउनले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । कोरोना भाइरससँग सम्बन्धित सचेतना सामग्री पनि उक्त अवसरमा वितरण गरिएको थियो ।

You might also like

Comments are closed.