बिद्युत चुहावट गर्ने ७८ ग्राहकलाई कारवाही

तनहुँ, ३ चैत
नेपाल बिद्युत प्राधिकरण, तनहुँ बितरण केन्द्रले अनाधिकृत रुपमा बिद्युत प्रयोग गर्ने ७८ जनाग्राहकलाई कारवाही गरेको छ । बितरण केन्द्रले चालु आर्थिक वर्षको अबधिमा बिद्युत अनाधिकृत प्रयोग गर्ने ग्राहकलाई कारवाही गरेको हो । कारवाहीबाट ३ लाख ४७ हजार १सय ४९ बरावर रकम असुल गरेको छ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । मिटर वाईपास गर्ने, मिटरमा पुरा खपत हुन नदिने, मिटरमा अन्य बस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलाई कारवाही गरिएको गोशलीले बताए ।

बिद्युत चुहावट नियन्त्रण कार्य अन्तर्गत बन्द भएका, बिग्रेका मिटरहरु फर्ने, छ्डके निरिक्षण गर्ने, मिटर रिसिलिङ्ग कार्य गर्ने, ठुला ग्राहकको टि.ओ.डि. मिटरको खपत युनिट डाउनलोड गरि डाटा एनलाईसिस गर्ने, तथा ट्रान्सफरमर थप्ने, तार थप्ने, नयाँ लाईन बिस्तार गर्ने, पुरानो नाङ्गो तारलाई नयाँ कालो तारले विस्थापित गर्ने कार्य भइरहेको छ । उनका अनुसार यस आर्थिक वर्षमा करिब २ सय ७४ वटा बन्द तथा बिग्रेका मिटर फेरिएकोे छ भने करिव ७ सय ग्राहकहरुको मिटर रिसिलिङ्ग गरिएको छ भने करिव हजार ग्राहकको मिटर छडके निरिक्षण गरिएको छ ।

यस्तै ठुला औधोगिक लगायत ग्राहकको टि.ओ.डी. मिटर को खपत चेक गदाए करिव रु ३९,२०,३९२÷३३ बरावरको छुट युनिट रकम बराबरको फाईल पेश भएकोमा रु २८,६४,५९६÷४५ बरावरको छुट युनिट रकम स्वीकृत भई आएको छ वितरण केन्द्रले जनाएको छ । स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकहरुबाट असुली भईरहेको छ ।

घट्दो बिद्युत चुहावट
नेपाल बिद्युत प्राधिकरण तनहुँ बितरण केन्द्रले बिद्युत चुहावट घटेको जानकारी दिएको छ । २०७४ श्रावण महिनामा बिद्युत चुहावट २४.८८% रहेकोमा २०७५ माघ महिनामा सम्म चुहावट घटेर ७.०४% कायम राख्न बितरण केन्द्र सफल भएको छ केन्द्र प्रमुख गोशलीले ।

अघिल्लो आ.व. २०७४÷०७५ को समग्र बिद्युत चुहावट १६.६७% थियो भने यो आर्थिक वर्ष २०७५÷०७६ माघ महिना सम्मको समग्र बिधुतचुहावट ९.१३% रहेको छ ।  बिद्युत चुहावटमा नियन्त्रण कडाई गरिएकै कारण बिद्युत चुहावट घटेको हो गोशलीले बताए । ठुला ग्राहकको मिटर नियमित निरिक्षण, डाटा डाउनलोड, डाटा एनलाईसिस गर्ने, बन्द मिटर फेर्ने, सामुदायिक थोक मिटरमा एच.टि. मिटर राखिएकै कारण पनि बिद्युत चुहावट घटाउन सहज भएको उनको भनाइ छ ।

You might also like

Comments are closed.