अन्डरग्राउण्ड फ्लोरलाई व्यापारिक प्रयोजनमा नल्याउन चेतावनी

आर्थिक आवाज
पोखरा, २० पुस । पोखरा महानगरपालिकाले पोखराका मुख्य सडकका ग्यारेज हटाउने भएको छ । पोखराको अति व्यस्त पृथ्वीचोकको मूल बाटोका किनारमा रहेका ग्यारेज महानगरपालिकाले हटाउने तयारी गरेको हो ।

ग्यारेजका कारण पार्किङ ब्यबस्थापनमा चुनौति थपिएको र ग्यारेजकै कारण फोहोर पनि देखिने भएकाले हटाउन लागिएको महानगरपालिकाले जनाएको छ । ग्यारेजको छुट्टै पार्किङ स्थल नहुने र सडकमै पार्किङ गर्नाले सडक साँघुरिएको निश्कर्षसहित महानगरपालिकाले १५ दिनभित्र पृथ्वीचोकदेखी लेकसाइड हल्लनचोक सम्मका मुख्य सडकका किनारमा रहेका ग्यारेज हटाउने निर्णय गरेको र ट्राफिक व्यवस्थापन समितिको सदस्य सचिव सुरेन्द्र पौडेलले बताए । उक्त सडकका किनारमा रहेका वर्कसपलाई पनि भित्री सडकमा सार्ने निर्णय भएको उनले जानकारी दिए ।

महानगरपालिकाले पोखरा महानगरभित्र घर तथा व्यवसायिक संघसंस्था, अस्पताल, पार्टी प्यालेसलगायतलाई पनि आफैं पार्किङको व्यवस्था मिलाउन निर्देशन दिएको पौडेलले बताए । उनले भने, ‘१५ दिनभित्र उनीहरुल आफैं पार्किङ व्यवस्था मिलाउन सकेनन् भने कारबाही गर्छाैं ।’ महानगरपालिकाले मूख्य सडक छेउमा बनेका अन्डरग्राउन्ड व्यवसायिक भवनले पार्किङ स्थल भनेर बनाउने तर पछि व्यापारिक क्रियाकलापमा प्रयोग गर्ने गरेको भन्दै अबदेखी त्यस्तो नगर्न चेतावनी दिएको छ । न्युरोडमा १७ घरमा अन्डर पार्किङ भएका घर छन् तिनीहरुले पार्किङ बाहेक अरुमा प्रयोग गरे कडा कारबाही हुने महानगरपालिकाकाले जनाएको छ ।

You might also like

Comments are closed.