अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन शुरु, नेपाल भारतका ५ सय भन्दा बढी सहभागी

काठमाडौं, ५ माघ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ शनिबार काठमाडौंमा सुरु भएको छ । भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले युवाशक्ति देश विकासको इञ्जिन भएको बताए ।

नेपालमा भएका ९१ लाख युवालाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा सहभागी गराउने सरकारको योजना रहेको पनि सल्लाहकार रिमालले बताए । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले युवासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रममा सहभागी जनशक्ति सम्भावनायुक्त रहेको बताए ।

सम्मेलनमा नेपाल र भारतका ५०० भन्दा बढी युवा उद्यमी, लगानीकर्ता, व्यापारी, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धि जानकार सहभागी छन् ।

You might also like

Comments are closed.