अन्तिम श्रद्धाञ्जलीका लागि रवीन्द्रको शव प्रदर्शनी केन्द्रमा

पोखरा, १७ फागुन ।
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ल्याइएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि शव प्रदर्शनी केन्द्रमा भर्खरै ल्याइएको छ । पोखरा विमानस्थलबाट शवयात्रासहित प्रदर्शनी केन्द्रमा शव ल्याइएको हो ।

केही बेर प्रदर्शनी केन्द्रमा शव राखिनेछ । शवयात्रा पश्चात आजै राष्ट्रिय सम्मानसहित अधिकारीको अन्त्यष्टी गरिनेछ । प्रदर्शनी केन्द्रमा पोखरेलीहरुको भिड छ । विकासप्रेमी नेता अधिकारीको नेताले सिंगो पोखरा शोकमा डुबेको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टी पोखरेलीहरु तथा परिवारको चाहना अनुसार गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा गरिने भएको हो ।

You might also like

Comments are closed.