अन्नपूर्ण सेन्चुरी महोत्सवको दोस्रो चरण समापन, पुरुष भलिबलमा रुपा गाउँपालिकाको देउराली विजयी

अन्नपूर्ण गाउ“पालिका (कास्की), १५ पुस । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणअन्तर्गत छोम्रोङमा आयोजित ल्होसार मेला शनिबार सकिएको छ । पुस १० बाट सुरु भएको महोत्सव १४ गते समापन गर्ने भनिएपनि एक दिन लम्बिएको हो ।

महोत्सव समापन समारोहमा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले बाह्रै महिना स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन उचित कदम चाल्ने बताए । उनले सेन्चुरी पदयात्रा मार्गको मर्मतसंभार र स्तरोन्नती गर्ने कार्य गाउँपालिकाले गरिरहेको पनि उक्त अवसरमा जानकारी गराए । ‘गाउँपालिकाका स्थानीयको मुख्य आम्दानीको स्रोत पर्यटन नै हो,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकासमा पनि हाम्रो जोड हुने छ ।’ उनले गाउँपालिकामा सार्वजनिक जमिनमा रहेका होटलको सुरक्षाको जिम्मा गाउँपालिकाले लिने समेत बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का घान्द्रक इलाका कार्यालय प्रमुख विदुरविक्रम कुँइकेलले गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । महोत्सव संयोजक ललित गुरुङले पहिलो र दोस्रो चरणको महोत्सवले अत्यधिक सफलता पाएको बताए । उनले जुन ३ अर्थात अन्नपूर्ण आरोहण दिवसका दिन कास्कीकै पर्यटकीय गाउ“ घान्द्रुकमा महोत्सव समापन गरिने बताए । उक्त अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने जानकारी उनले दिए ।

मेलाको अवसरमा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएका छन् । खुल्ला पुरुष भलिबल प्रतियोगितातर्फ देउराली युवा क्लब हंसपुर विजयी भएको छ । महिलातर्फ भने कास्कीकै ताङतिङ युवा क्लब पहिलो भएको छ । शनिबार भएको फाइनल खेलमा देउरालीले सेन्चुरी युवा क्लब छोम्रोङलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । देउरालीले २५–२२, १७–२५, २५–२१, २०–२५ र ६–१५ को सेटमा छोम्रोङलाई पाखा लगायो । फाइनलमा देउरालीका अलराउन्डर भरत थापा, ओपन स्पाइकरद्वय दीपेन्द्र श्रेष्ठ र अनिल थापा मगर, सेटर बादल हमाल, क्विक स्पाइकरद्वय प्रितम मल्ल र अर्जुन मल्लले उत्कृष्ट खेल प्रदर्शन गरे । क्लबका प्रशिक्षक उत्तमलाल श्रेष्ठले विपक्षी टिमलाई सोझो सेटमा हराउने लक्ष्य लिएपनि खेल प्रतिस्पर्धामा पुगेको बताए । पुरुष भलिबलमा छोम्रोङका दिलबहादुर राना उत्कृष्ट खेलाडी घोषित भए । विजेताले १ लाख रुपैया“ र उपविजेताले ६० हजार रुपैया“ प्राप्त गरेका छन् ।

महिला भलिबलतर्फ ताङतिङले न्यु डायमन्ड एकेडेमी काठमाडौंलाई २५–१६, २५–१७ र २५–२२ को सोझो सेटले हरायो । ताङतिङको जितमा स्पाइकर ममता पुन, सेटर निरु पुन, माया पुन लगायत खेलाडीको उत्कृष्ट प्रदर्शन रह्यो । क्लबका टिम म्यानेजर भोजबहादुर गुरुङले न्यु डायमन्डलाई बलियो प्रतिस्पर्धीका रुपमा लिएपनि जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । न्यु डायमन्डकी स्पाइकर अनामिका राईले खेलाडीको ‘प्लेसिङ’ मा समस्या हु“दा उपविजेतामा चित्त बुझाउनुपरेको बताइन् । टिम म्यानेजर दिलकुमार गुरुङले पोखरा भएको राखेप च्याम्पियनसिपमा न्यु डायमन्डको मुख्य टिम खेलेकोले दोस्रो तहको टिमको खेल सन्तोषजनक नै भएको सुनाए । महिला भलिबलमा न्यु डायमन्डकी करिना सुनुवार उत्कृष्ट खेलाडी भइन् । विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैया“ प्राप्त गरे । पुरुष भलिबलतर्फ अनुशासित टिमको उपाधि झिंनु समूह र महिलातर्फ न्यु डायमन्डले पाए ।

खुल्ला बास्केटबल प्रतियोगितामा काठमाडौंको विशाल मिलन केन्द्र (बिएमके) विजयी भएको छ । बिएमकेले ताङतिङ युवा क्लबलाई शनिबार भएको फाइनलमा पराजित गरेको हो । निर्धारित समयमा बिएमकेले ६१ स्कोर जोड्दा ताङतिङले ३६ मात्रै बनाउन सक्यो । प्रतियोगितामा बिएमकेका विवेक श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा पर्वतको हिमशिखर युवा क्लबले अनुशासित टिमको उपाधि पायो । बास्केटबलको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया“ प्राप्त गरे । प्रतियोगितामा कास्की, पर्वत र काठमाडौंका ७ टिम सहभागी थिए ।

You might also like

Comments are closed.