अन्र्तराष्ट्रिय नाटक महोत्सव शुरु

पोखरा, १५ फागुन

पोखरामा बुधबारदेखी अन्र्तराष्ट्रिय नाटक महोत्सव शुरु भएको छ । पोखरा थिएटर र युथ क्रियसन थिएटरको संयुक्त आयोजनामा पोखरा थियटरको गन्धर्व नाटक घरमा ‘पोखरा अन्र्तराष्ट्रिय नाटक महोत्सव’ शुरु भएको हो । फागुन २२ गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समुद्घाटन गरे ।

महोत्सवको समुद्घाटनअघि पञ्चे बाजासहितको झाँकी ¥याली निकालिएको थियो । पोखरा थिएटर गैह्रापाटनबाट शुरु भएको ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, गणेशटोल, नवीन मावि गैह्रापाटन हुँदै पुनः पोखरा थिएटरमा पुगेर उद्घाटन शत्रमा परिणत भएको थियो । ‘पर्यटन प्रवद्र्धन र नाट्य संस्कृति विकासका लागि कलात्मक यात्रा’ मूल मन्त्रसहित ८ दिनसम्म हुने महोत्सवमा ४ देशका ८ वटा नाटक मञ्चन गरिने निर्देशक परिवर्तनले जानकारी दिए । महोत्सवको पहिलो दिन बुधबार ‘निरमाया’ नाटक मञ्चन भएको छ ।

महोत्सवमा भारतको ‘ब्ल्याक एण्ड ह्वाइट’, मेसेडोनियाको ‘प्राइभेट कन्फेसन’, नेपालको ‘घेरो’, नेपाली नाटक ‘गैंडा’, भारतको ‘इन ट्राञ्जिट’, नेपालको ‘मेमोरी यार्ड’ र श्रीलंकाको ‘लभ एण्ड लाइफ’ नाटक मञ्चन हुने भएको छ ।

You might also like

Comments are closed.