‘अन्सुभरा स्क्वायर’ अन्तर्राष्ट्रियस्तरको व्यावसायिक मल, अन्सुभरा ग्रुपको नयाँ प्रोजेक्ट

पोखरा । पोखराको व्यावसायिक घराना अन्सुभरा ग्रुपको लगानीमा ‘अन्सुभरा स्क्वायर’ सञ्चालनमा आउने भएको छ । ग्रुपले पोखराको लेकसाइडस्थित सेन्टरपोइन्टमा व्यावसायिक कम्प्लेक्स सञ्चालनमा ल्याउन लागेको हो ।

पोखराको ट्रेड मलमा पनि मुख्य लगानी रहेको अन्सुभरा ग्रुपले लेकसाइडमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न व्यावसायिक कम्प्लेक्स सञ्चालनमा ल्याउन लागेको हो ।

अन्सुभरा स्क्वायर आतिथ्यता र मनोरञ्जनको हव बन्ने ग्रुपका प्रवन्ध निर्देशक सौगात थापा बताउँछन् । ‘पोखराको लेकसाइड संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो,’ उनी भन्छन्, ‘यहाँ अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न व्यावसायिक कम्प्लेक्स आवश्यक थियो । सोही आवश्यकता पुरा गर्न अन्सुभरा ग्रुपले लगानी गरेको हो ।’

लिफ्ट तथा पार्किङको सुविधा सहितको ५ तले कम्प्लेक्समा बैंक, एटिएम लाउन्ज, रेष्टुरेन्ट, कफी सप, सलुन, स्पा, डिपार्टमेन्ट स्टोर्स, ब्राण्डेड कपडाहरुको सोरुम लगायतको सुविधा उपलब्ध हुनेछ । मलमा व्यवसाय गर्न चाहनेहरुका लागि बुकिङ खुल्ला गरिएको थापाले आर्थिक आवाजलाई जानकारी दिए ।

कोभिडको प्रभावलाई मध्यनजर गरी १ वर्षका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थापाले बताए । ‘व्यवसायीसँग डिपोजिटसमेत लिदैनौं,’ उनले भने, ‘लेकसाइडमा रहेको सुविधा सम्पन्न मलमा बिना डिपोजिट व्यवसाय सञ्चालन गर्ने अवसर व्यवसायीहरुलाई मिल्दैछ ।’ मल २ महिनाभित्र सञ्चालनमा आउने थापा बताउँछन् ।

अन्सुभरा ग्रुपले अटोमोबाइल, रियलस्टेट, हस्पिटालिटी, सपिङ मल र वित्तीय सेवाहरुमा लगानी गर्दै आइरहेको छ । यो पोखराको पुरानो व्यावसायिक समूह हो । बि.संं. १९९३ बाट पोखरामा व्यवसाय यात्रा अगाडि बढाएको यो समूहले पछिल्लो समय आफ्नो व्यावसायिक यात्रालाई फराकिलो बनाउँदै लगेको छ ।

lcci
You might also like

Comments are closed.