अपग्रेड भएर आयो किया सेल्टोस (विशेषतासहित)

काठमाडौं । भारतीय बजारमा कियाले हालै नयाँ अपग्रेड गरिएको २०२० किया सेल्टोस लन्च गरेको छ । सो कारमा यस्तो विशेषता र फिचर समावेश गरेको छ जसले सो कारलाई उत्कृष्ट बनाएको छ । सो कारको एक्स शोरुम मूल्य ९ लाख ८९ हजार भारु छ ।

सो कारमा प्रोजेक्टर हेडल्याम्प, ड्राइभर र प्यासेन्जर एयरब्याग, एन्टि लक ब्रेकिङ सिस्टम, एयर कन्डिशनको साथमा रियर एसी भेन्ट्स, शार्क फिन एन्टेना, ३.८ इन्चको अडियोको साथमा स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल, रियर पार्किङ सेन्सर र किलेस इन्ट्री समावेश गरेको छ ।

किया सेल्टोस ८ कलर अप्सनमा उपलब्ध छ । यसमा इन्टेस रेड, अरोरा पर्ल, ग्लेसियर ह्वाइट पर्ल, पन्ची ओरन्ज, इन्टेलिजेन्सी ब्लु, ग्राभिटी ग्रे, स्टिल सिल्भर र क्लियर ह्वाइट समावेश छ । सो कार ५ ड्युअल टोन कलर अप्सनमा पनि उपलब्ध छ । इन्टेस रेडको साथमा अरोरा ब्ल्याक पर्ल, ग्लेसियर ह्वाइट पर्लको साथमा अरोरा ब्ल्याक पर्ल, स्टिल सिल्भरको साथमा अरोरा ब्ल्याक पर्ल, स्टिल सिल्वरको साथमा पन्ची ओरेन्ज र ग्लेसियर ह्वाइट पर्लको साथमा पन्ची ओरेन्जमा उपलब्ध छ ।

किया सेल्टोसमा ३ इन्जिनको विकल्प छ । पहिलो १४९७ सीसी पेट्रोल इन्जिनले ६३०० आरपीएममा ११३.४२ एचपीको पावर र ४५०० आरपीएममा १४४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिशन र आईभीटीको विकल्पमा उपलब्ध छ ।

सो कारको दोस्रो १३५३ सीसीको पेट्रोल इन्जिनले ६००० आरपीएममा १३८ एचपीको पावर र १५००–३२००० आरपीएममा २४२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिशन र ७ स्पिड डीसीटीको विकल्पमा उपलब्ध रहेको छ ।

तेस्रो १४९३ सीसी डिजेल इन्जिन समावेश गरेको छ जसले ४००० आरपीएममा ११३.४२ एचपीको पावर र १५००–२७५० आरपीएममा २५० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्समिशन र ६ स्पिड अटोमेटिक ट्रान्समिशनमा उपलब्ध छ । नेपाली बजारमा यो गाडी कहिले आउछ, अहिले नै भन्न सकिदैन ।

You might also like

Comments are closed.