मंसिर १७,तनहुँ ।
२७ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा आँबुखैरेनी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चेयर लगायतका सामग्री वितरण गरेको छ । १७ जना पूर्णं अपाङ्गता भएकाहरुलाई सो सामग्री वितरण गरिएको हो । सोही अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान तथा लत्ताकपडा समेत वितरण गरिएको गाँउपालिकाले जनाएको छ ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । थापाले अपाङ्गता भएका व्यक्तिहरु फरक क्षमताका हुने हुनाले अपाङ्गता भएकालाई सम्मान र सहयोग गर्नु सबैको कर्तव्य भएको बताए । थापाले निर्माण कार्य जारी रहेको गाउँपालिकाको नयाँ भवन, पूर्ण अपाङ्गमैंत्री गराउने प्रतिबद्धता समेत व्यक्त गरे । त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुले राज्यबाट पाउने सेवा सुविधा सहज उपलब्ध गराउने बताइन् । कार्यक्रममा रिसेड तनहुँका पूर्व अध्यक्ष मदन पौंडेलले अपाङ्गता भएका व्याक्तिहरुको सशक्तिकरण तथा समावेशीता र समानताको सुनिश्चितताको विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौंड्ल, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, गाउँपालिकाका शाखा अधिकृत कृपाहरि लौंडारी, वडा नं. १ का वडा अध्यक्ष किसान थापा, आँबुखैरेनी स्वास्थ्य चौंकीका ईन्चार्ज अगमराज उपाध्याय, गाउँपालिका समाजिक सुरक्षा तथा पंजीकरण इकाई प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, आईटी अफिसर निरज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
Comments are closed.