अपाङ्गता भएकाहरुलाई फिजियोथेरापी सेवा

पोखरा, २ बैशाख

सामाजिक शिशु सेवा केन्द्रको तेस्रो साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रम सामाजिक शिशु सेवा केन्द्र रितु गुरुङको अध्यक्ष्यता र स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष होमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा मा कार्यक्रम भएको हो ।

पोखरा महानगर १० को आर्थिक सहयोग तथा सामाजिक शिशु सेवा केन्द्रको आयोजनामा स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अति अशक्त र पुर्ण अशक्त रुपमा अपाङ्गता भएका वालवालिका र व्यक्तीका लागि फिजियोथेरापी सेवा प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तीलाई निशुल्क औषधी प्रदान गरिएको थियो ।

कार्यक्रम सपना आयुर्वेद अस्पताल बाँस्तोलाथरमा भएको थियो । कार्यक्रमबाट ४० जनाले सेवा लिएका थिए ।

You might also like

Comments are closed.