पोखरा ।
गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ३ हजार ७ सय ४४ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ७१ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा कास्कीका २१ जना, लमजुङका १६ जना, बागलुङका ३१ जना र नवलपरासी पुर्वका ३ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा नेपाल प्रहरी २ जना, शिक्षक १ जना, अपार्टमेन्ट निर्माणको काम गरिरहेका ७ जना कामदार लगायत विदेशबाट आएका व्यक्ती रहेका छन् भने कतिपय कन्ट्याक्ट ट्रेसिङबाट पनि पहिचान भएका छन् ।
Comments are closed.