अपोलो टायरको एक्सचेन्ज उत्सव

आर्थिक आवाज
पोखरा, ५ भदौ । अपोलो टायरले एक्सचेन्ज उत्सव अफर ल्याएको छ । कारको पुरानो टायर वा एसयुभी टायरको एक्सचेन्जमा नयाँ एपलो टायर प्राप्त गर्न सकिनेछ । साथै २ सय ८८ रुपैयाँसम्म छुटसमेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पोखरा क्षेत्रका लागि यहाँको आधिकारिक बिक्रेता मोनिका सप्लायर्स पृथ्वीचोकमा टायर एक्सचेन्ज गरी अफरमा सहभागी हुन सकिनेछ । अफर ग्राहकको हितमा रहेको मोनिकाका सञ्चालक मोहनबाबु खड््काले बताए ।

नेपालमा अपोलो टायरको माग राम्रो रहेको कम्पनीको दाबी छ । आधुनिक प्रविधिबाट तयार पारिएकाले अपोलो टायर उच्च गुणस्तरीय रहेको खड्काले बताए ।

भारतमा लोकप्रिय रहेको अपोलो टायरको माग नेपालमा पनि बढिरहेको खड्का बताउँछन् । ‘पोखरा क्षेत्रमा पनि अपोटो टायरको माग राम्रो छ,’ उनले भने ।

You might also like

Comments are closed.