‘अफोर्डएवल कष्टमा इन्टरनेशनल डिग्री’ (अन्तरवार्ता)

सञ्जिव शर्मा
प्रमुख कार्यकारी अधिकृत
एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस

एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले बिगत १५ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्टका विशेषता, पोखरामा आयोजित सेमिनार लगायत विविध विषयमा केन्द्रित रहेर एक्स्पर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिब शर्मासँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

एक्स्पर्टले पोखरामा फेयर आयोजना गर्नुको उद्देश्य के हो ?
हामीले बिगत १२ वर्षदेखि वर्षमा ४ वटा फेयर आयोजना गर्दै आइरहेका छौं । अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीलाई मध्यनजर गरेर फेयर आयोजना गरेका हौं । फेयरमा हामी विद्यार्थीलाई अष्ट्रेलियाको शिक्षाका बारेमा सम्पूर्ण जानकारी दिन्छौं । विद्यार्थीको रुची, क्षमता, चाहना तथा आर्थिकस्तर हेरेर विद्यार्थीलाई विषय, कलेज तथा युनिभर्सिटी छान्न सहयोग गर्दछौं । सही समयमा सही तथा सत्य तथ्य जानकारी लिनको लागि नै फेयरको आयोजना गरेका हौं । उद्देश्य अनुसार हामीले आयोजना गरेको फेयर सफल हुँदै आइरहेको छ । सोमबार हुने फेयरमा पनि पोखरा क्षेत्रका विद्यार्थीहरुको भिड लाग्ने विश्वास लिएका छौं ।

फेयरका विशेषताहरु केके छन् ?
अष्ट्रेलियाको विभिन्न स्थानमा रहेका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिको फेयरमा सहभागिता रहन्छ । १५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिलाई एकै स्थानमा भेट्ने अवसर मिल्छ । अष्ट्रेलियाको विभिन्न सिटीमा रहेका हाम्रा कार्यालयबाट पनि प्रतिनिधि आउनुहुन्छ । विद्यार्थी कुन सिटीमा जाने, कुन युनिभर्सिटी छनोट गर्ने भन्ने कुरा पनि सहज रुपमा विद्यार्थीलाई बुझाउँछौं । जसका कारण विद्यार्थीले स्पष्ट रुपमा सबै कुरा जानकारी लिन सक्नुहुनेछ ।

परामर्शका लागि विद्यार्थी एक्स्पर्टमा नै किन आउने ?
अहिलेसम्म करिब ४५ हजार विद्यार्थीले हामीबाट सेवा लिइसक्नुभएको छ । हामीले बिगत १४ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेका छौं । बिगतको लामो अनुभवका कारण पनि हामीलाई काम गर्न सहज भएको छ । विद्यार्थीलाई सही तरिकाले हामी दिशानिर्देश गर्छौं । नेपालमा हामीले १५ कार्यालय मार्फत विद्यार्थीलाई सेवा प्रदान गरिरहेका छौं । अष्ट्रेलियाका मुख्य शहरमा पनि हाम्रो शाखा कार्यालय छन् । विद्यार्थी यहाँबाट गइसकेपछि अष्ट्रेलियामा एडजस्ट हुन हामी सहयोग गर्छौं । त्यहाँ गएपछि आइपर्ने विभिन्न समस्या समाधानमा हामी साथ दिन्छौं । पूर्ण पारिवारिक वातावरणमा हामीले सेवा दिइरहेका छौं । विद्यार्थी त्यहाँँ गएपछि शुरुवातदेखि पछिसम्म नै हामी साथमा रहन्छौं । अष्ट्रेलियाका प्राय कलेज तथा युनिभर्सिटीसँग मिलेर हामी काम गर्छौं ।

अष्ट्रेलियाप्रति विद्यार्थीको आकर्षण बढ्नुको कारण के हो ?
पछिल्लो समय अष्ट्रेलियाप्रति विद्यार्थीको आकर्षण निकै राम्रो छ । संसारमा नै उत्कृष्ट बन्न सफल कलेज तथा युनिभर्सिटी त्यहाँ छन् । त्यहाँको मौसम पनि नेपालसँग मिल्ने खालको छ । अध्ययन पछि कामको समस्या छैन । नेपालीको लागि अफोर्डएवल कष्टमा इन्टरनेशनल डिग्री हासिल गर्न सकिन्छ ।

एक्स्पर्टको माध्यमबाट अष्ट्रेलिया जाने विद्यार्थीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
हामीमार्फत अष्ट्रेलिया जाने विद्यार्थीबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । हामीसँग वहाहरु पूर्णरुपमा सन्तुष्ट हुनुहुन्छ । त्यहाँबाट पनि आफन्त तथा साथिलाई हामी मार्फत आउन भन्नुहुन्छ ।

You might also like

Comments are closed.