अबको २ साता चुनौतिपूर्ण छ, जो जहाँ छौं त्यहीँ सुरक्षित रहौंः प्रधानमन्त्री

काठमाडौं । लकडाउनको पूर्ण पालना गरी जो जहाँ छौं त्यही सुरक्षित रहन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई आग्रह गरेका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना महामारीलाई जित्न लकडाउनको पालना गर्नुपर्ने बताए ।

आगामी २ साता हाम्रा लागि ठूलो चुनौति बन्ने उनले बताएका छन् । कोरोनो संक्रमण तथा लक्षण देखिने समय भएकाले २ सातासम्म चुनौति बन्नसक्ने उनले बताएका हुन् ।

कोरोना नियन्त्रणका लागि सामाजिक दुरी सबैभन्दा उपयुक्त माध्यम भएकाले यसको एक मात्र विकल्प लकडाउन रहेको प्रधानमन्त्री ओलीले बताए ।

र यो पनि

कोरोनाको उच्च जोखिममा नेपालः प्रधानमन्त्री

You might also like

Comments are closed.