अमरबुद्धद्धारा बालआश्रमलाई खाद्यान्य सहयोग

 

पोखरा, १६ असोज ।

लायन्स क्लव अफ पोखरा अमरबुद्धले पोखरा १६ बाटुलेचौरमा रहेको अन्नपुर्ण आत्मनिर्भर बालआश्रमलाई खाद्यान्य सहयोग गरेको छ ।

लायन्स क्लव इन्टरनेशल ३२५ बि वानका गर्भनर लायन अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष शान्ता थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै गर्भनर श्रेष्ठले क्लवले गरेको कामको प्रशंसा गरे । साथै आगामी दिनमा पनि सहयोगका कामलाई प्राथमिकतामा राख्न सुझाव दिए । कार्यक्रममा एनएलएफ चिफ डिपार्टमेन्ट मिलन थापा, सिनियर एओजी विशेश्वर आचार्य, रिजन चियनपर्सन शिवराज आचार्य, कृष्ण आचार्य, जोन चियरपर्सन रविन्द्र श्रेष्ठ, लायन्स क्लव अफ पोखरा डायमण्ड भिलेजका अध्यक्ष पवित्रा न्यौपाने लगायतले बोलेका थिए ।

आश्रमका अध्यक्ष शारदा बस्नेतलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । खाद्यान्न सहयोग गरेकोमा अध्यक्ष बस्नेतले खुसी हुदैै क्लवलाई धन्यवाद दिईन् । उनले आगामी दिनको पनि सहयोगको अपेक्षा गरेकी छन् । ४० जनाको लागि करिव २ महिनालाई पुग्ने खाद्यान्य सहयोग गरेको कार्यक्रम संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष सरिता कार्कीले जानकारी दिईन् । कार्यक्रमको संचालन सचिव विष्णु श्रेष्ठले गरेकी थिईन् ।

You might also like

Comments are closed.