अमरवुद्धले मनायो कारागारमा तिज

पोखरा, २२ भदौ ।
लायन्स क्लव अफ अमरवुद्ध पोखराको आयोजनामा तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कास्की कारागारमा रहेका महिला कैदीवन्दी सगँ शुभकामना आदान प्रदानका साथै दर खाने कार्यक्रम गरिएको क्लवका अध्यक्ष शान्ता थापाले जानकारी दिईन् । सोही अवसरमा क्लवले १ थान साउण्ड सिस्टम पनि प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एनएलएफ चिफ डिर्पामेन्ट लायन मिलन थापाले क्लव गरेको कामको प्रशंसा गरिन् । पोखरामा नै भएर पनि आफु पहिलो पटक गएको र आगामी दिनमा विभिन्न कार्यक्रम सहित जाने प्रतिवद्धता व्यक्त गरिन् ।

prime

कार्यक्रममा एओजी सुचित्रा थापा, ह्बिल चेयर डिपार्टमेन्ट चिफ वालकृष्ण शर्मा, रिचन चियरपर्सन शिवराज आचार्य, जोन चियरपर्सन रविन्द्र श्रेष्ठ, कारागारका प्रशासन प्रमुख हरीप्रसाद गौतम, सुरक्षा प्रमुख रोहिणी धिताल लगायतले बोलेका थिए । कार्यक्रम संयोजक सुनिता थापाले ध्वजाको अभिवादन गरेकी थिईन् ।

क्लवका अध्यक्ष शान्ता थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष सरिता कार्की थापाले स्वागत र सचिव विष्णु श्रेष्ठले संचालन गरेका थिए ।

You might also like

Comments are closed.