अमूल्य महिला विकास सहकारीको बार्षिक साधारण सभा सम्पन्न

हेमजा, २५ पुस  । पोखरा २५ हेमजा स्थित अमूल्य महिला विकास वचत तथा ऋण सहकारी संस्था लि. को चौथो बार्षिक साधारण सभा तथा बार्षिक समिक्षा मंगलबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं २५ हेमजाका वडा अध्यक्ष शोभाकर तिम्सिनाले महिलाहरु मात्र आवद्ध भएको अमूल्य सहकारीले समाजमा रहेका महिला हिंसा, वालश्रमका विरुद्ध लगायत जेष्ठ नागरिकका हक हितका निमित्त समुहगत रुपमा गरेको कार्य प्रशंसायोग्य रहेको बताए । उनले सहकारीमा आवद्ध महिलाहरु सामूहिक रुपमा क्रियाशिल भएर अझ अगाडी बढनुपर्ने कुरामा जोड दिए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि वडा सचिव ईश्वरी प्रसाद बाँस्तोलाले महिला दिदी बहिनीहरुले सामूहिक रुपमा गरेका हरेक क्रियाकलापहरु सफल भएको बताए । उनले सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई आवश्यक सीप तथा तालिम हस्तान्तरण गरी उद्यमशिलता तर्फ केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरे ।

पत्रकार सुदीप त्रिपाठी प्रतीकले महिलाहरु चूलो चौकोमा मात्र सीमित नभई आर्य आर्जनका विभिन्न कार्यहरुमा संलग्न हुन संस्थाले आफना शेयर सदस्यहरुलाई उत्प्रेरणा तथा मार्गनिर्देशन गर्नुपर्ने बताए । उनले शेयर सदस्यहरुले सहकारीबाट विभिन्न आय मूलक सीप तथा तालिम लिई स्वदेशी उत्पादनका विभिन्न हस्तकलाका सामाग्रीहरु उत्पादन गर्नुपर्ने र उत्पादित सामाग्रीको संस्थाले उचित विक्रि वितरणको व्यवस्था मिलाउन सुझाव दिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरु चूलो चौकोमा मात्र सीमित नभई सामूहिक रुपमा सहकारी संस्थामा आवद्ध भएर सहकारीका माध्यमबाट उद्यमशिलता तर्फ लाग्न सुझाव दिएका थिए ।


सो अवसरमा सहकारीले अनाथ वच्चाहरुको संरक्षण गरि उनीहरुको शिक्षा दिक्षामा जोड दिएको भन्दै पोखरा लेखनाथ २५ हेमजा की शिव कुमारी श्रेष्ठ, विष्णुराना मगर र लक्ष्मी थापा लाई जनही नगद रु २० हजार सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त रकम महिला बाल बालिका विकास कार्यालयको बालवालिका शाखाबाट प्राप्त भएको हो । यसअघि नै संस्थाले आर्थिक श्रोत न्यून भएका परिवारका ३ जना विद्यार्थीहरुलाई छात्रवृति स्वरुप नगद रु ८ हजारका दरले वितरण गरेको थियो । उक्त रकम पाँउनेहरुमा पुजा परियार, कमल वि.क र करुणा पुन रहेका छन् ।

संस्थाको आ.व २०७३÷०७४ सम्मको आय २, ३६, १७५.५८, व्यय २, ३३, ३७९.८८ रहेको छ । सहकारीले वचत तथा ऋण भन्दा पनि महिला हक हितका साथै हिंसा विरुद्धका विभिन्न कार्यक्रम, वालवालिका तथा जेष्ठ नागरिकका हक हित सम्बन्धमा काम गर्दै अगाडी बढिरहेको सहकारीका व्यवस्थापक गीता लक्ष्मी त्रिपाठीले जानकारी दिईन् । पोखरा लेखनाथ महानगर पालिका वडा नं २५ हेमजा भित्र कार्यक्षेत्र रहेको संस्थामा हाल १ सय ९३ जना शेयर सदस्य रहेका छन् । प्रतिव्यक्ति २५ सयको शेयर रकम रहेको छ ।

अमूल्य महिला विकास वचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष कृष्ण कुमारी त्रिपाठीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा, संस्थापक अध्यक्ष ओम कुमारी त्रिपाठी, तिव्रिकोट कृषि सहकारी संस्था लि. अध्यक्ष मधुसुदन त्रिपाठी, जेष्ठ नागरिक समिति हेमजा अध्यक्ष निलकण्ड पौडेल, समाजसेवी दयाराम बास्तोला, बहुउद्देश्यीय सामाजिक संस्थाका अध्यक्ष कमलमणि त्रिपाठी, बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्रकी अध्यक्ष विष्णु कुमारी श्रेष्ठ लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष पार्वती बाँस्तोलाले स्वागत गरेको कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन सदस्य चन्द्रा भण्डारीले र कार्यक्रमको सञ्चालन सचिव गंगा त्रिपाठीले गरेका थिए ।

You might also like

Comments are closed.