अमेरिकाका विद्यार्थीहरुले गरे तनहुँसुरको अवलोकन

तनहुँ, २३ पौष
तनहुँको ऐतिहासिक ठाँउ तनहुँसुरमा विदेशी विद्यार्थीहरुको टोलीले अवलोकन गरेका छन् । . अमेरिकाको वेस्ट भर्जिनिया युनिभर्सिटीमा कानुन विषय अध्ययनरत् अमेरिकी विद्यार्थीहरुले तनहुँसुरको अध्यन अवलोकन गरेका हुन । उक्त अवलोकन कार्यक्रममा युनिभर्सिटीका प्रोफेसर सहित २१ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको संयोजन रोटरी क्लबका संस्थापक अध्यक्ष एवं पुर्व सांसद रामचन्द्र पोख्रेलले गरेका थिए । पोख्रेलले तनहुँसुरको ऐतिहासिक महत्वका बारे टोली लाई जानकारी गराएका थिए ।
रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले अमेरिकी कानुनका विद्यार्थी लाई आफ्नो ठाँउ अझै ऐतिहासिक स्थानमा ल्याउन पाउदा खुशी लागेको बताए ।

अबिर र माला सहित गाउँले आमा समुहको मुस्कान सहित न्यानो स्वागतले विद्यार्थी टोली निकै हर्षित तुल्याएको थियो । गौरवशाली आमा समुह, प्रतिभाशाली आमा समुह र सहिद सन्तचन्द्र टोल विकास संस्था लगायतले स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्ष हरिराम श्रेष्ठ, रामनाथ भट्टराई, क्लबका अब हुनेवाला अध्यक्ष सुर्ज कुमार मल्ल, बिन्दु थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.