अमेरिकामा उजुरी परे पछि कारबाही हुन्छ – अमेरिकी संचार विज्ञ जुली वेष्टफल

पोखरा, १४ असोज ।

विकासोन्मुख देशमा मात्र नभई विकसित देशमा पनि पत्रकार महिलाले संचार क्षेत्रबाट विभेदको सामाना गर्नु परेको अमेरिकि पत्रकार एवं संचार विज्ञ जुली वेष्टफलले बताएकी छिन् ।

आइतबार पोखरामा संचारिका समुह नेपाल गण्डकी प्रदेशको संयोजनमा पत्रकार महिलाहरुसँगको छलफलमा उनले सो कुरा बताएकी हुन् । उनले शुरुका दिनमा संचार क्षेत्रमा काम गर्दा आफुले विभेद भनेको के हो भन्ने नबुझ्दै प्रवेश गरेको अनुभव सुनाउँदै विस्तारै महिला र पुरुष पत्रकार बीचको अवस्थाको बारेमा जानाकारी लिदाँ तुलात्मक रुपमा आफु महिला भएकै कारण विभेदको गरिएको कुरा थाहा पाएको बताइन् । उनले अमेरिका जस्तो विकसित मुलुकमा पनि महिलालाई राजनीति,अर्थ, खेलकुद, भन्दा पनि महिलाको जीवनशैली, फेसनको विटमा साँघुरो गर्न खोज्ने गरेको बताइन् ।

महिला पत्रकारले ल्याएको नयाँ इस्यु र विचारलाई दबाउने र पछि पुरुष पत्रकार मार्फत प्रकाशित गर्ने गरेका धेरै अनुभवहरु आफुसँग भएको उनको भनाई थियो । १७ वर्ष लामो निरन्तर संर्घष पछि पत्रकारीता क्षेत्रमा उनले पुरुष पत्रकारसँग प्रतिष्पर्धा गर्दै आफ्ना इस्युहरुलाई संचार क्षेत्रमा स्थापित गर्न सफल भएको सुनाईन् ।

मिडिया हाउसमा पत्रकार महिलालाई समस्या देखिन थालेपछि रिपोटिङ कसरी गर्ने भन्ने विषय भन्दा पहिला मिडिया हाउसमा आफ्नो विचारलाई कसरी स्थापित गर्ने र वर्क लाइट ब्यालेन्सलाई ध्यान दिएर महिला पत्रकारहरु संगठित भएको बताइन् । उनले ब्यवस्थापकिय तालिम मार्फत अघि बढे पछि सकारात्मक नतिजा हासिल गर्न सफल भएको अनुभव सुनाइन् ।

मिडिया लैङ्गिक समावेशीको सवालमा भने छापा र अनलाईनमा ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष पत्रकार रहेको उनको भनाई थियो ।

‘अमेरीकामा पनि पत्रकार महिला माथि विभिन्न हिंसा हुने गरेको छ तर त्यस विरुद्ध बोल्ने र लेख्ने साहास पत्रकार महिलामा गरेको खण्डमा कारबाहिको हुन्छ ।’ पत्रकार महिलाहरुको कतिपय समस्या विकसित मुलुक र विकासोन्मुख मुलुकमा साझा रहेको उनको भनाई थियो ।

कार्यक्रममा अमेरिकी दुताबासकी प्रवक्ता एण्डी डी आरमेन्टले पनि पत्रकार महिलाहरुे समस्याहरुका बारेमा खुलेर छलफल गर्ने समाधानकालागि सबै एकजुट हुनुपर्ने धारणा राखिन् ।

संचारिका समुह नेपाल गण्डकी प्रदेशका अध्यक्ष जमुना वर्षा शर्माले पत्रकार महिलाका समस्या चुनौती र सँगसँगै अवसरको विषयमा आफ्नो भनाइहरु राखेकी थिइन् । कार्यक्रममा विभिन्न संचार क्षेत्रमा आवद्ध पत्रकार महिलाले संचार क्षेत्रमा लैगिंक मैत्री वातावरण नहुँदा भोग्नु परेको अवस्थाका बारेमा आफ्नो अनुभवहरु सुनाएका थिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...