अर्को वर्ष पम्प्लेटमा होइन फिल्डमा काम देख्न पाइयोस्ः विपक्षी दलका नेता नेपाली

आर्थिक आवाज
पोखरा, ४ फागुन । गाण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले अर्को वर्ष फिल्डमा देखिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । गण्डकी प्रदेश सरकारको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सरकारको १२७ कार्य प्रगति लेखिएको पुस्तक विमोचन गरेकोप्रति व्यंग्य गर्दै उनले भने,‘पहिलो वर्ष पम्प्लेटमा मात्र कार्य प्रगति देख्न पाइयो, अर्को वर्ष पम्प्लेटमा होइन फिल्डमा देखिने गरी काम देख्न पाइयोस् ।

प्रदेश सरकारको वार्षिकोत्सवमा संघ सरकारको विरोध गरेका विपक्षी दलका नेता नेपालीले दुई तिहाईको सरकार आएदेखी अर्थतन्त्रमा डामाडोल भएको टिप्पणी गरे । उनले प्रदेशमा रहेका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरीका डिआइजीलगायत सबै प्रदेश सरकारमा आउनुपर्नेमा जोड दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.