लेखनाथ अर्घौं बजार व्यवस्थापन समितिमा रोका

लेखनाथ । लेखनाथ अर्घौं बजार व्यवस्थापन समितिको अध्यक्षमा महिला उद्यमी इन्दीरा रोका सर्वसम्मत निर्वाचित भएकी छन् । हालै सम्पन्न नवौं वार्षिक साधारणसभा एवं पाचौं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा टीकाराम सापकोटा, सचिवमा घनश्याम ढुंगाना, सहसचिवमा राम थापा, कोषाध्यक्षमा कृष्ण सापकोटा, सहकोषाध्यक्षमा प्रभा पौडेल चयन भए । सदस्यहरुमा मीना बानियाँ, शान्ता पाण्डे, विजय ढुंगाना, कल्पना रानाभाट, वीरेन्द्र भुर्तेल, विश्वराज पौडेल र रोशनी अधिकारी चयन भए ।

सल्लाहकारमा विजय श्रेष्ठ, कलाधर पाण्डे, सूर्यमणि लामिछाने, राम जिसी र प्रेम अर्याललाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष रोकाले जानकारी दिइन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

You might also like

Comments are closed.