अर्थतन्त्रका मूलभूत सूचकांकमा प्रधानमन्त्रीबाटै गलत सन्देश प्रवाह !

काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधनका क्रममा अधिकांश झुटो तथ्यांक प्रस्तुत गरेका छन् भने कतिपय तथ्यलाई तोडमोड गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रित रही तथ्याकंसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका छन् । खासगरी मूल्यवृद्धि, शोधनान्तर स्थिति, विकास खर्च, पर्यटन आगमन, यातायात सिन्डिकेट हटेको प्रधानमन्त्रीको दाबी स्वयं सरकारी संयन्त्रको तथ्याकंसँग मेल खाँदैन ।

You might also like

Comments are closed.