अर्थतन्त्रमा वित्तीय क्षेत्रको योगदान अतुलनीय छः ढकाल

काठमाडौं, १८ साउन । नेपालको अर्थतन्त्रमा वित्तीय क्षेत्रको योगदान महत्वपूर्ण रहको डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष गोविन्द ढकालले बताएका छन् । नेपालमा रहेका अन्य उद्योग व्यवसायहरुको तुलनामा वित्तीय क्षेत्र योगदान धेरै रहेको उनको भनाइ छ ।

मिडिया इन्टरनेशनलद्वारा शुक्रबार आयोजित अन्तरक्रिया बोल्दै ढकालले बैंकिङ क्षेत्रमा राष्ट्र बैंकको नियमन एवं लगानीकर्ताको सतर्कताका कारण केही समयअघि भएका विकृतिहरु अब निर्मूल भइसकेर बैंकिङ क्षेत्र निकै सबल भएको दावी समेत गरे । बैंक तथा वित्तीय संस्थाहरुको नेटवर्क ठूलो भएको हुँदा यस क्षेत्रले धेरैलाई रोजगारी प्रदान गरेको उनले उल्लेख गरे । रोजगारी सृजना र उद्यमशीलता विकासको माध्यमबाट बैंकहरुले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको उनको भनाई छ ।

कार्यक्रममा माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष प्रकाश राज शर्माले लघुवित्त क्षेत्रले बैंकिङ पहुँच विस्तारमा ठूलो योगदान पु¥याएको बताए । बैंक तथा वित्तीय संस्थाबाट कुल २५ खर्ब कर्जा प्रवाह भएकोमा ५ प्रतिशतभन्दा बढी हिस्सा माइक्रोफाइनान्सको रहेको उल्लेख गर्दै शर्माले गरिबी न्युनीकरणमा लघुवित्तको भूमिका अतुलनीय रहेको बताए । लघुवित्तले द्वन्द्वको समयमा पनि ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायनमान बनाएको उनले बताए ।

बैंकिङ खबरबाट

You might also like

Comments are closed.