‘अर्थतन्त्रलाई गतिशील राख्न मेघा प्रोजेक्टहरुको निर्माण जारी’

काठमाडौ. । अर्थतन्त्रलाई गतिशील राख्न मेघा प्रोजेक्टहरुको निर्माण जारी राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी र अबलम्बन गरेको समेत बताए ।

‘संकटको बेलामा पनि र संकट पछि पनि तपाईहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गतिदिन क्रियाशील हुनेछ,’ उनले भने । कोरोना भाइरस संक्रमण पछि मुलुक २ सातादेखि लकडाउनमा छ । सरकारले थप ८ दिन लकडाउन थपेर वैशाख ३ गतेसम्म कायम गरेको छ । यस अवधिमा भएका काम तथा गतिविधिबारे जानकारी दिन प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

लकडाउनले कोरोना महामारी नियन्त्रणमा सहयोग पुगेको उनले बताए । लकडाउनलाई साथ दिने सम्पूर्ण नेपाली जनताप्रति उनले धन्यवाद ज्ञापन गरेका छन् । बाहिरबाट आएका नेपालीबाट स्थानीयमा कोरोना सरेपछि महामारीको दोस्रो चरणमा नेपाल प्रवेश गरेको उनले बताए ।

आगामी २ साता हाम्रा लागि ठूलो चुनौति बन्ने उनले बताएका छन् । कोरोनो संक्रमण तथा लक्षण देखिने समय भएकाले २ सातासम्म चुनौति बन्नसक्ने उनले बताएका हुन् । कोरोना नियन्त्रणका लागि सामाजिक दुरी सबैभन्दा उपयुक्त माध्यम भएकाले यसको एक मात्र विकल्प लकडाउन रहेको प्रधानमन्त्री ओलीले बताए ।

अबको २ साता चुनौतिपूर्ण छ, जो जहाँ छौं त्यहीँ सुरक्षित रहौंः प्रधानमन्त्री

कोरोनाको उच्च जोखिममा नेपालः प्रधानमन्त्री

 

 

You might also like

Comments are closed.