यसकारण अर्थमन्त्रीबाट बाहिरिदैछन् युवराज खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र बन्दै बर्तमान सरकार गठनदेखि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका युवराज खतिवडा सरकारबाट बाहिरिने निश्चित भएको छ । राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एकमात्र सदस्य पदमा सत्तारुढ पार्टी नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेसँगै खतिवडाको अर्थमन्त्री पद समाप्त हुने निश्चित छ ।

भदौ २१ गतेसम्म राष्ट्रियसभामा मनोनीत नहुँदा उनको पद स्वत खारेज हुनेछ । पार्टी निर्णय नै भइसकेपछि प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा गौतमलाई नै सिफारिस गर्नेछन् । ओलीले पार्टी निर्णयलाई चुनौति दिदै खतिवडालाई सिफारिस गरेमात्रै उनको पद जोगिने सम्भावना रहेपनि ओलीले त्यो जोखिम मोल्ने सम्भावना कमै छ ।

पछिल्लो समय अर्थमन्त्री खतिवडासँग पार्टीभित्रै असन्तुष्टि बढेको थियो । ओली पक्षकैै केही नेताहरुले समेत खतिवडालाई राष्ट्रिय सभामा सिफारिस गर्न नहुने बताउँदै आएका थिए । पार्टी भित्र विवाद भएपछि खतिवडासमेत सरकारबाट बाहिरिन राजी भएको वालुवाटार स्रोत बताउँछ । अर्थमन्त्रीबाट खतिवडा बाहिरिने निश्चित भएपछि अबको अर्थमन्त्री को भन्ने बहस सुरु भएको छ ।

lcci
You might also like

Comments are closed.