अलपत्र नेपालीको उद्धार गर्न हिमालय एयरलाइन्सले चार्टर उडान गर्दै

काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउन हिमालय एयरलाइन्सले चीनको कुनमिङमा चार्टर उडान गर्ने भएको छ । कुनमिङमा यही जुलाई ३१ तारिखमा उडान गरिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं–कुनमिङ गन्तव्य उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेको कम्पनीले जानकारी दिएको छ । यो गन्तव्यबाट नेपालीलाई स्वदेश फर्काउन हिमालयले उडान गर्न लागेको हो । अन्य गन्तव्यको उडानबारे पुनः सार्वजनिक सूचना जारी गरिने जानकारी दिइएको छ ।

You might also like

Comments are closed.