अलपत्र परेकालाई खाना खुवाउँदै पौरखी समूह, ७ हजार ५ सयलाई खाना

पोखरा, १३ वैशाख

विहान र दिउँसो खाना पकाउने । पकाईसकेपछि प्याकिङ । त्यसपछि सडकमा अलपत्र परेकालाई खाना खुवाउने । दाल भात र तरकारी अनि अचार । नियमित परिकार हुन् । त्यही परिकारलाई प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाउन व्यस्त छन् पोखराको एउटा समूह ।

खाना खुवाउन शुरु गरेको एक हप्ता दिन वित्यो । हप्ता दिनमा ७ हजार ५ सयलाई खाना खुवाईसकिएको छ । पोखराको पौरखी स्वयंसेवक समूहले गासको अभाव झेलिरहेका सर्वसाधारणलाई बसेकै ठाँउमा खाना खुवाईरहेका छन् । खाना पकाउने जिम्मेवारीसँग प्याकिङ गर्न विहान उठेदेखि साँझसम्म व्यस्त छन् । पोखरा–७ स्थित शान्तिनगर बैंक्युटमा खाना पकाउने बन्दोबस्त मिलाईएको छ । त्यही प्याकिङ गरेर बजार क्षेत्रमा खाना खुवाउन टोली निस्कन्छ । यो क्रम विगत सात दिनदेखि चलिरहेको छ ।

कोभिड–१९ को महामारी छ । देश लकडाउनमा छ । एक महिना बित्यो । आफना गाँउघर जान नपाएका सडकमै अलपत्र परेकालाई पौरखी समूहले खाना खुवाउँदै आएको हो । युवाहरुको यो समूहले विपन्नलाई निशुल्क खाना खुवाउँदै आएको छ । खानाको लागि विभिन्न संघसंस्थाले भने सहयोग गर्दै आएका छन् । ‘सडकमा बस्दै आएका, घरमा खाने समस्या भई भोकै बस्नुपर्ने अवस्था भएकालाई र गन्तव्यसम्म जाँदै गरेका सर्वसाधारणलाई खाना खुवाउँदै आएका छौं ।’ समूहका अध्यक्ष जनक पराजुलीले भने–‘खाना पकाएर प्याकिङ गरी पुर्याउँदै आएका छौं ।’

jutta mela

समूहले खानाको आवश्यकता अनुसार दैनिकजसो थपघट हुदैै आएको छ । सर्वसाधारणलाई खाना खुवाउने जिम्मेवारी आफनो काँधमा लिएको पौरखी समूहले खाना नपाएको जानकारी प्राप्त गरेपछि स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पुर्याउने गरिएको उनको भनाई थियो । ‘पहिलो चरणमा हामीले नगद उठाएर विहान र बेलुकी खानको प्रबन्ध गर्दै आएका थियौं ।’ उनको भनाई थियो ।

पोखरा महानगरपालिकाले घरमा चुल्हो निभ्न नदिने उद्घोष गरेको छ । महानगरको उद्घोषलाई पौरखी समूहले हातेमालो गर्दै आएको छ । महानगरपालिकाले आफनै तरीकाले राहत वितरण गर्दै आएको छ । राहतको लागि महानगरलाई विभिन्न संघसंस्थाले सहयोग समेत गर्दै आएका छन् । ‘घरमा चुल्हो बाल्न छाडेको अवस्थामा समूहको कुनैपनि सदस्यलाई जानकारी गराए वा खबर गरे पीडित भएकै ठाँउमा खाना पुर्याउँछौ।’ समूहका सदस्य राजु शर्माले भने–‘विहान र साँझ दुई पटक खाना पुर्याउँदै आएका छौं ।’ उनका अनुसार विहान ८ देखि १० बजेसम्म र साँझ ५ बजेदेखि खाना पुर्याउन शुरु गरिन्छ ।

कोरोना संक्रमणले विश्वव्यापी सन्त्रासमा छ । नेपाल पनि त्यसबाट अछुतो छैन् । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । रोजगारीको सिलसिलामा पोखरा आएका सर्वसाधारण लकडाउनको समयमा अलपत्र परेको अवस्थामा पौरखी समूहले खाना खुवाउँदै उद्दार गरिरहेको छ । ‘यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ समूहका सदस्य विष्णुप्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुनेपछि यो अभियान शुरु गरिएको हो । ’

उनलेकामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । खान पाएनन् भनेर पनि दिनै पिच्छे बढ्दै गएको उनले सुनाए । खानै नपाउने अवस्थाको ठुलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न आग्रह गर्दै आएको उनको भनाई थियो । शनिबार विहानबाट शुरु भएको अभियानमा सात दिन सम्ममा ७ हजार ५ सय जनालाई खाना निःशुल्क पु¥याइसकिएको छ । शुक्रबार मात्रै १८ सय जनालाई खाना खुवाएका छन् । पोखरा महानगरले समन्वयको भूमिका खेलेको छ । दिदी बहिनी फाण्डेसनले दैनिक १ सय वटा खानाको लागि सहयोग गर्दै आएको छ ।

You might also like

Comments are closed.